सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २८, २०८१, खोटाङ

Image

साकेलामा भुक्तानी शिविरबाट ३९८ जनाले पाए सेवा


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकाभित्रका जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरबाट ३९८ जना लाभग्राहीले सेवा पाएका छन् । नेपाल एसबिआई बैंकको साकेला शाखा र गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाद्वारा गत वैशाख २० गतेदेखि हरेक वडा वडामा सञ्चालन गरिएको तेश्रो त्रैमासिक शिविरबाट अशक्त तथा जेष्ठ नागरिकले उक्त सुविधा लिएका हुन् । 

हरेक वडामा सञ्चालन गरिएको शिविरमा बैंकका प्रतिनिधि, नेपाल प्रहरी तथा पालिकाको तर्फबाट कर्मचारी शिविरस्थलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । ६ दिन सम्म सञ्चालन गरिएको शिविरमा ३९८ जना लाभग्राहीको लागि ४६ लाख ८२ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

त्यस्तै गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा रहेको बैंकको शाखाबाट करीव ७२५ जना लाभग्राहीले ८७ लाख १८ हजार रुपैया सामाजिक सुरक्षा भत्ता बुझेको नेपाल एसबिआई बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्ना नागरिकहरुलाई सहज तरिकाबाट सेवा पुर्याउने लक्ष्यका साथ सामाजिक सुरक्षा भत्ताको भुक्तानी शिविर वर्षको तीन पटक सञ्चालन गर्दै आएको छ । 

शारीरिक अशक्तताका कारण आफ्नो सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि वडा तथा टोलबाटै सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सर्वसाधारणको लागि अत्यन्तै उपयोगी मानिएको छ । नागरिकले प्राप्त गर्ने सेवालाई सहज रुपमा नागरिकको पहुँच सम्म पुर्याउने गाउँपालिकाको उदेश्य भएको उक्त गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर यस्ता विभिन्न प्रकारका शिविरहरु पालिकाबाट सञ्चालन भईरहेको उहाँको भनाई छ । 

साकेला गाउँपालिकाले आ.व. ०७७÷०७८ को दोश्रो चौमासिकदेखि बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । हाल चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म आईपुग्दा कूल एक हजार चार सय जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गरिसकेका पालिकाले जनाएको छ । चालु आवको तेश्रो त्रैमासिकमा गाउँपालिकामा कूल एक करोड ३३ लाख रुपैंया सामाजिक सुरक्षा भत्ता रकम निकासा भएको छ ।

 

[ यो पनि-साकेलाबाट सामाजिक सुरक्षा भत्ता अन्तर्गत रु. ३७ लाख वढी रकम फिर्ता }
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पास्थित जनसेवा नगर अस्पतालको...

हलेसीन्यजुडेस्क, खोटाङ / खोटाङमा सञ्चालन भैरहेको वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

Horoscopes Icon

All Horoscopes