सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ३०, २०८१, खोटाङ

Image

केपिलासगढी गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषित


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको केपिलासगढी गाउँपालिकालार्ई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनिका गाउँपालिकाभित्रका सबै बालबालिकाहरुले पूर्णखोप लगाएको र जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाइएको सुनिश्चित भए सँगै आज (जेष्ठ ३० गते) बुधबार गाउँपालिकालाई आर्थिक वर्ष २०८०/०८१ को लागि पूर्णखोप सुनिश्चतता गाउँपालिका घोषणा गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।

गाउँपालिका अन्र्तगत सबै वडाका १५ महिनाभित्रका १ सय ५६ जना बालबालिकालाई बिसिजी, दादुरा-रुबेला, पोलियो, जापनिज इन्सेफलाइटिस लगायतका १३ प्रकारका रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा लगाएको आधारमा सबै प्रकृया पूरा गरेसँगै केपिलासगढी गाउँपालिकालार्ई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागार्ईंले बताउनुभयो ।

पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखाले वडाका स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुलाई सम्मान पत्र पनि प्रदान गरेका जनाइएको छ ।

कार्यक्रममा सहभागीले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा तथा दीगोपना कायम गर्नका लागि सामुहिक प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।

पूर्णखोप सुनिश्चतता गाउँपालिका घोषणासँगै आज रक्तदान कार्यक्रम पनि गरिएको जनाइएकोछ । केपिलासगढी गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सहयोगमा आज ३३ जनाले रक्तदान गरेको गाउँपालिका अध्यक्ष समिर रार्ईले बताउनु भयो । संकलन भएको रगत रक्त सञ्चार केन्द्र (व्लड बैँक) दिक्तेलमा जम्मा गरेर आवश्यक परेका व्यक्तिलाई निःशूल्क वितरण गरिने आयोजक गाउँपालिकाले जनाएको छ ।

गाउपालिका अध्यक्ष समिर रार्ईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख  एवं जिल्ला खोप समन्वय समितिका संयोजक सनबहादुर राई, संविधान सभा सदस्य दुर्गाजयन्ती राई, गाउँपालिकाका उपाध्यक्ष गुरूराज राई, वडाध्यक्षहरु, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौँलागांई, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

यस आगाडि साकेला, रावावेशी, खोटेहाङ गाउँपालिका तथा हलेसीतुवाचु र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।

 

[  यो पनि-खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा  }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes