सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २९, २०८१, खोटाङ

Image

खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


हलेसीन्युजडेस्क, खोटाङ/

खोटाङको खोटोहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउपालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनिका गाउँ पालिका भित्रका सबै वालवालिकाहरुले पूर्णखोप लगाएको र ० देखि १५ महिना सम्मका वालवालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै जेष्ठ २८ गते सोमवार खोटेहाङ गाउँपालिकालाई आर्थिक वर्ष २०८०/०८१ को लागि पूर्णखोप सुनिश्चतता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष उदिमबहादुर राईको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा गाउपालिकाभित्रका १५ महिनाभित्रका ७ सय ९४ जना वालवालिकालाई सबैप्रकारका खोप पुरा गरिएको जनाउदै पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको थियो ।

वालवालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफलाइटिस लगायतका १३ प्रकारका रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा लगाएको आधारमा सबै प्रकृया पूरा गरेसँगै खोटेहाङ गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका बनेको हो ।

यस अगाडि साकेला गाउँपालिका, हलेसीतुवाचुङ नगरपालिका, रावावेशी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा भैसकेका छन् ।

 

 [ यो पनि-दिक्तेल रुपाकोट मझुवागढी पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

सैद्धान्तिक विचारका हिसावले सैद्धान्तिक विमति छ रामजीसँग । तर व्यवहार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा शहिद दिलकाजी कार्की तथा उहाँकी धर्मपत्नि इन्दिरा...

Horoscopes Icon

All Horoscopes