सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २३, २०८१, Koshi

Image

बुईपास्थित यलम्वर रंगशालामा कोशी प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता जारीः तेश्रो दिन वर्षादका कारण खेल प्रभावित


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको बुइपास्थित यलम्वर रंगशालामा आषाढ २० गतेबाट शुरु भएको कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता निरन्तर वर्षादका कारण प्रभावित भएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भैरहेको खेल प्रतियोगिताको तेश्रो दिन शनिबार विहानै देखि परेको वर्षादका कारण प्रभावित भएको हो ।

खेल तालिकाअनुसार शनिबार दिउँसो १ः०० बजेका लागि तय गरिएको समूह चरणअन्तरगत भोजपुर र मोरङबीचको पहिलो खेल वर्षा भइरहेकै समयमा साँझ सम्पन्न गरिएको छ । दिउँसो करिब ४ः०० बजेबाट शुरु गरिएको प्रतियोगितामा निर्धारित समयमा दुवैतर्फको एक÷एक गोल भएपछि ट्राइब्रेकरमार्फत मोरङ विजयी भएको छ ।

दिउँसो ३ः०० बजेका लागि तय गरिएको झापा र तेह्रथुमबीचको दोस्रो खेल साँझ ६ः०० बजेबाट शुरु गरिएको थियो । निर्धारित समय सकिन १८ मिनेट बाँकी हुँदा भारी वर्षा र बाक्लो कुहिरो लागेपछि खेल स्थगित गरिएको जनाइएको छ ।

शनिवार दिनभरि वर्षा भइरहदा निर्धारित शेड्युल अनुसार खेल सञ्चालन गर्न समस्या भएको थियो ।  सामान्य पानी परिरहकै समयमा सञ्चालन गरिएको प्रतियाृगितामा झापा दुई गोलले अगाडि रहेको थियो । अविरल वर्षाका कारण स्थगित भएको बाँकी समयको खेल आज आइतबार बिहान ७ः०० बजेबाट सञ्चालन गरिने भनिए पनि आज पनि मौसम अनुकूल नहुने सम्भावना रहेको देखिन्छ ।

आषाढ २० र २१ गते मौसमले साथ दिएको हुँदा खेल अगाडि बढाउन समस्या नपरेको आयोजक बताउँछ । हालसम्म प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुङ्गा र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार आयोजना गरिएको क्वाटर फाइनलको खेलमा ओखलढुङ्गाले ईलामलाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको शुक्रबार नै सम्पन्न समूह चरणको खेलमा मोरङले पाचथरलाई शून्यका विरुद्ध एक तथा तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले नै पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैंयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । असार–२५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यागततर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको यलम्वर रंगशालामा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

तर मध्य वर्षादको समयमा प्रतियोगिताको आयोजना गरिने भएकोले शुरुदेखि नै मौसम प्रतिकूल हुने आशंकामा खेलप्रेमीहरु चितिन्त रहदै आएकाथिए ।

[ यो पनि-खोटाङमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदै ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes