सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १९, २०८१, Khotang

Image

खोटाङमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदै


हलसीन्युडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा यही असार–२० गतेदेखि असार–२५ गतेसम्म प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो ।

मङ्गलबार सदरमुकाम दिक्तेलवजारमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइए अनुसार जिल्लामा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको  आयोजना हुन लागेको हुदा यसले खेलाडीहरुमा उत्साह जगाएको छ । यस प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले  सोही पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि विभिन्न जिल्लाबाट आउने खेलाडीलाई गाडी भाडा र खाना तथा बस्नको व्यवस्था गरिएको जनाइएको छ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’द्धारा प्रतियोगिताको उद्धाटन हुने जनाईएको छ । 

प्रतियोगिता सम्पन्न गर्न करिव रु.४२ लाख लागत लाग्ने अनुमान गरिएको  र प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई समेत आर्थिक सहयोग माग गरिएको जनाइएको छ ।

प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री झिकाउने तयारी गरिएको आयोजकले जनाएको छ । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी हुने जनाइएको छ ।

वर्षादको समय परेको हुँदा मौसम प्रतिकूल हुने पो हो कि भन्ने आशंकामा खेल हेर्न उत्सुक दर्शकहरुको चिन्ता भने यदाकदा सुनिन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes