सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २१, २०८१, Khotang

Image

स्व.नैनकुमारी राईको स्मृतिमा दिरुम नगरपालिका अन्तर वडास्तरीय भलिवल तथा लोक साँस्कृतिक नृत्य प्रतियोगिता हुँदै


हलेसीन्युजडेस्क, खोटाङ  /

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका स्व. अटलमान राई र स्व. सप्तहिरा राईकी बुहारी तथा पुष्टराज राईकी धर्मपत्नि नैनकुमारी राईको २०८१ बैशाख २९ गते स्वर्गारोहण भएकाले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै निज स्व. नैनकुमारी राईको स्मृतिमा नगरपालिका अन्तर वडास्तरीय खुल्ला भलिवल तथा लोक साँस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम सञ्चालन गरिने खेल संयोजक उद्दव राईले हलेसी एफएमलाई जानकारी दिनुभएको छ । 

यो वर्षको वडा दशैको समापन तथा शुभदिपावलीको आगमनको अवसर पारेर कात्तिक ९ गते देखि शुरु गरिने भलिवल तथा लोक साँस्कृतिक नृत्य प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१३ नुनथलाको साविक वडा नं.६ खाम्लास्थित पञ्चकन्या आधारभूत विद्यालयको प्राङ्गणमा हुने जनाइएकोछ ।

खेलसंयोजक राईका अनुसार पुरुष भलिबल प्रतियोगिता अन्तर्राष्ट्रिय नियमअनुसार (नकआउट प्रणालीमा) खेलाइनेछ । खेलमा कम्तीमा ३ वैकल्पिक खेलाडी सहित ९ खेलाडी सहभागी हुनुपर्ने, अनिवार्य टिम प्रशिक्षक र १ टिम व्यवस्थापक हुनुपर्ने, खेलाडीहरू एकै वडाको हुनुपर्ने, बसाईसराईलाई सिधै मान्यता नदिइने, खेलमा कुनै विवाद उत्पन्न भएमा रेफ्री र खेल समितिको निर्णय अन्तिम हुने, गाँसवासको व्यवस्था आफैले गर्नुपर्ने, खेल पोशाक जर्सी अनिवार्य लगाईनुपर्ने खुलासा गरिएको छ । भलिवल खेलमा सहभागी हुन चाहने खेलाडिहरुले आगामी कार्त्तिक ४ गते बेलुकी ७.०० बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने जनाइएकोछ । खेल शुरु हुनु अगाडि खेलाडीको परिचय खुल्ने कागजात अथवा स्थायी नागरिक्ता प्रमाणपत्रको प्रतिलिपि उपलव्ध गराउनु भनिएको छ । आयोजकका अनुसार टिम दर्ता शुल्क रु १ हजार पाँचसय पाँच  लाग्नेछ ।

खेलाडीले अनुशासन तथा खेलको नियम उलंघन गरेमा त्यस्ता खेलाडीलाई खेलबाट निष्कासन गरिनेछ । भलिबल प्रतियोगिताका प्रथम, द्धितीय र तृतिय हुने बिजेताहरुलार्ई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, च्याम्पियन खेलाडी र अनुशासित खेलाडीलाइ  जनही रु २÷२ हजारको साथमा प्रमाण पत्र प्रदान गरिने जनाइएकोछ ।

यस्तै लोक साँस्कृतिक नृत्य प्रतियोगितातर्फ एक समूहमा ६ जनादेखि बढिमा १० जनासम्म सहभागी हुन पाउनेछन् । प्रस्तुतिका लागि कम्तिमा ५ देखि ७ मिनेटसम्मको समय उपलव्ध हुनेछ भने गीत आफैले उपलब्ध गराउनुपर्ने जनाउ दिइएको छ ।

नृत्य प्रतियोगिता तर्फ प्रथम, द्धितीय र तृतिय हुने बिजेताहरुलार्ई क्रमश रु १० हजार, रु ८ हजार र रु ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने छ ।

(थप जानकारीका लागि
—भिमचन्द्र राई (मो.नं.-९७६२२२१६६९) 
—सिताराम राई (मो.नं.-९८२१७९३३१८) 
—विक्रम राई (मो.नं.-९७६७२०३५७०) 
—रविन राई (मो.नं.-९७६५२५५१७९) 
र, खेल संयोजकः उद्दव राई (मो.नं.-९८५२८४९४०४) मा सम्पर्क गर्नु सकिनेछ ।)

[यो पनि-टेम्मा, काहुलेमा साविक वडास्तरीय भलिवल प्रतियोगिता हुँदै }

[ यात्रा संस्मरण तथा पुनर्मिलन] तीर्थराज भट्टराई कार्तिक २...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

Horoscopes Icon

All Horoscopes