आश्विन २१, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुर्ईचुम्मा गाउँपालिका वडा नं.७ टेम्मामा खुल्ला साविक गाविस वडा (टोल)स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । टेम्माको काहुले गाउँस्थित काहुले युवा क्लब (KYC) को आयोजनामा ‘स्वास्थ्यको लागि खेलकुद– राष्ट्रको लागि लागि खेलकुद’ भन्ने मूल नाराका साथ आसन्न बडादशै तथा शुभदिपावलिको पावन अवसरमा आगामी कार्तिक ६ गते देखि १० गते सम्म पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको काहुले युवा क्लबका अध्यक्ष दिलिप मगरले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
भलिबल प्रतियोगिता खेल नकाउटको आधारमा खेलाइने भएको छ । साथै खेलाडी संख्या ६+३ र टिम कोच अनिवार्य हुनुपर्ने, खेलमा आवश्यक जर्सी अनिवार्य हुनुपर्ने, खेलाडीहरुले खेल समयमा धुम्रपान, मद्यपान गर्न नपाईने, खेल मैदान भित्र अशिष्ट, अस्लिल शव्द बोल्न नपाईने, खेलमा विवाद भएमा आयोजकको निर्णय अन्तिम निर्णय हुने, खेलाडी साविक वडा (हालटोल) भित्रको मात्र हुनुपर्ने र जन्मदर्ता नागरिक्ताको फोटो सहितको कागजात अनिवार्य बुझाउनुपर्ने आयोजकले जनाएको छ । यदि खेलाडीहरुलाई चोटपटक लागेमा स्वयं जिम्मेवारी हुनुपर्ने भनिएको छ ।
भलिबल प्रतियोगिताका प्रथम, द्धितीय र तृतिय हुने बिजेताहरुलार्ई क्रमश रु ५० हजार, रु ३५ हजार र रु १५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खेलमा उत्कृष्ट खेलाडि, च्याम्पियन खेलाडी र अनुशासित खेलाडीलार्ई रु १ हजार १ सय एघारका दरले जनही नगद पुरस्कार, मेडल र प्रमाणपत्र पदान गरिनेछ ।
यस्तै महिला तर्फ प्रथम, द्धितीय र तृतिय हुने बिजेताहरुलार्ई क्रमशः रु १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै महिला तर्फ बिधागत पुरस्कारहरु उत्कृष्ट खेलाडी, च्याम्पियन खेलाडी र अनुशासित खेलाडीलार्ई जनही रु ५ सयका दरले नगद पुरस्कार, मेडल प्रमाणप्रत्र प्रदान गरिने जनाइएको छ ।
खेलमा सहभागी हुन चहने खेलाडिहरुले पुरुष तर्फ रु. ३ हजार ५ सय पाच, र महिला तर्फ रु. १ हजार पाच दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन् । इच्छुक खेलाडीहरुले आगामी कत्तिक ६ गते १२ः०० बजे भित्र टिम दर्ता गराइ सक्नुपर्ने र दर्ता शुल्क टाईसिट बन्नु अघि बुझाइ सक्नुपर्ने खेल संयोजक पवन मगरले बताउनुभयो । उहाँका अनुसार दिप्रुङचुर्ईचुम्मा गाउँपालिका वडा नं.७ टेम्मा काहुलेस्थित जन जागृति आधारभुत बिद्यालयको खेल मैदानमा खेल सञ्चालन हुनेछ ।
(थप जनकारीका लागि—
अध्यक्ष ः दिलिप मगर, सम्पर्क नम्वर—९७४९८६२८५,
खेल संयोजकः पवन मगर, सम्पर्क नम्वर—९७४९२१९१९६
तथा रमेश मगर, सम्पर्क नम्वर ९८६२९५६९८५ मा सम्पर्क गरी बुझ्न सकिनेछ आयोजकः काहुले युवा क्लब -KYC
[यो पनि — दिप्रुङचुइचुम्मा–७ टेम्मामा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै ]
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान