सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २४, २०८०, Diktelrupakotmajhuwagadi

Image

केएफए भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगिता–२०८० शुरु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका-१ दिक्तेल माटिकोरेमा फुटवल प्रतियोगिता शुरु भएको छ । फुटबल एकेडेमी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एवं शहीद मनोज स्मृति प्रतिष्ठान खोटाङकोे मुख्य प्रायोजनमा दिक्तेलको माटीकोरे खेलमैदानमा ‘केएफए भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगिता-२०८० आजदेखि शुरु भएको हो । 

अशोज २४ गते देखि  २७ गते सम्म फुटबल प्रतियोगिता हुने र २८ गते समापन हुने  आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजि सैँजुले जानकारी दिनुभयो । 

‘ स्थानीय खेलाडीहरुको विकास तथा पहिचान , खोटाङ फुटबल एकेडेमीको अभियान ’  भन्ने मूल नाराका साथ आयोजना गरिएको दोस्रो संस्करणकोे फुटबल प्रतियोगिता समुहका प्रथम हुने टिम लार्ई नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान  गरिने भएको छ भने उपविजेता टिमलाई नगद रु ३० हजारको साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन भएको छ । 

प्रतियोगितामा उद्योग वाणिज्य सङ्घ खोटाङ, जिल्ला फुटबल सङ्घ खोटाङ, दिक्तेल फुटबल क्लब दिक्तेल, माटिकोरे सेवा समाज दिक्तेल, डिभिजन वन कार्यालय खोटाङ, खोटेहाङ गाउँपालिका, निर्माण व्यवसायी सङ्घ खोटाङ, नेर्पा स्पोर्टस क्लब नेर्पा, बाम्राङ स्पोर्टस क्लब बाम्राङ, किराँत सेवा समाज दिक्तेल, नुनथला स्पोर्टस क्लब नुनथला, जिल्ला अस्पताल खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिका भेट्रानको सहभागिता रहेको अध्यक्ष नुरकाजि सैँजुले जानकारी दिनुभएको छ ।  

आजदेखि सुरु भएको फुटबल प्रतियोगितामा खोटाङ जिल्ला भरिका १४ टिम खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

Horoscopes Icon

All Horoscopes