सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २६, २०८०, Khotang

Image

खोटाङमा खम्वुको अध्यक्षतामा समाजवादी मोर्चा संयोजन समिति घोषणा


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा समाजवादी मोर्चा संयोजन समितिको घोषणा गरिएको छ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पीके खम्बुको संंयोजकत्वमा शुक्रवार समाजवादी मोर्चा नेपाल घोषणा गरिएको हो । 

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सन्देश सभा लेखिएको व्यानर वीच कार्यक्रममा जसपाका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोङले समाजवादी मोर्चा नेपालको संयोजन समितिको घोषणा गर्नुभयो । आज घोषित संयोजन समिति सदस्यहरुमा नेकपा माओवादी केन्द्रबाट दिपक पाण्डे आकाश र जीवन राई संगिन, नेकपा एकिकृत समाजवादीबाट जलसेर राई र दधि श्रेष्ठ, जनता समाजवादीबाट पीके खम्वु र निर्मल राई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सञ्जिव मगर ‘सि’ र सुदिप खत्री ‘सि’ चयन हुनुभएको छ ।

मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न सचिवालय बनाइने जनाइएको छ ।

हरेक ६/६  महिनामा मोर्चाको नेतृत्व परिवर्तन गरिने सहमति अनुसार पहिलो पटकको नेतृत्व जसपाका खम्बुले सम्हाल्नु हुनेभएको हो ।

घोषणा कार्यक्रममा प्रमुख अतिथि चेम्जोङ, नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राई, नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य तथा प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रि राजन राई, नेकपा विप्लव समूहका केन्द्रिय सदस्य चन्द्र बुढाथोकी  ‘शैलेस सी’ लगायतले संवोधन गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

Horoscopes Icon

All Horoscopes