सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

कार्तिक २०, २०८०, Sakela Gaupalika

Image

साकेला प्रहरी चौकी परिसरमा प्रतिक्षालय बनाउने सम्मानित


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिका वडा नं. २ रतन्छामा रहेको प्रहरी चौकीको नवनिर्मित भवन परिसरमा आगन्तुकहरुका लागि थप प्रतिक्षालय निर्माण गरिदिनुहुने व्यक्तिहरुलाई सम्मान गरिएको छ । प्रहरी चौकी भवन निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराइदिनुहुने स्वर्गीय दलसुर राई र उहाँकी धर्मपत्नि स्वर्गीय कृष्णकुमारी राईको स्मृतिमा उहाँका नातीहरु यादवचन्द्र राई र शंकर राईले नवनिर्मित प्रहरी भवन परिसरमा आगन्तुकहरुका लागि प्रतिक्षालय समेत बनाइदिनुभएपछि आइतवार एक समारोहका वीच उहाँहरुलाई सम्मान गरिएको हो ।  

वडा नं.२ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राईको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार निशिष्ट अतिथि एवं जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का विशेष अतिथि रहनु भएको कार्यक्रममा उहाँहरुलाई सम्मान गर्दै  उक्त कार्यको सबैबाट सह्राहना गरिएको थियो । 

तत्कालिन रतन्छा गाउँपंचायत रहदा २०४४ सालमा स्थापना भएको प्रहरी चौकी (क) को स्थानीयहरुको श्रमदानबाट निर्मित आफ्नो भवन माओवादी द्धन्दकालमा ध्वस्त भएपछि नयाँ भवन नबनेसम्म गाविस कार्यालयको पुरानो भवनमा अस्थायी रुपमा रहदै आएको थियो । हाल सघन शहरी भवन निर्माण आयोजनाबाट रु. १ करोड ७६ लाखमा नयाँ र अत्याधुनिक भवन बनिसकेको छ । सोही भवनका लागि जग्गा दिने राई दम्पतिका नाममा उहाँहरुका नातीहरुले प्रतिक्षालय बनाइदिएपछि स्थानीयहरुबाट समेत उहाँहरुको प्रशंसा भैरहेछ ।

हाल त्यहाँ असई वीरेन्द्र पण्डितको नेतृत्वमा सुरक्षाकर्मीहरु कार्यरत छन् ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

Horoscopes Icon

All Horoscopes