सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ५, २०८०, Khotang

Image

जताततै डढेलोले जंगल सखाप–डढेलो नियन्त्रणका लागि वन कार्यालयसँग के छ कार्यक्रम ?


हलेसीन्युजडेस्क, खोटाङ /

हिउँदयाम सकिएर सुख्खा गर्मीयाम शुरु भएसँगै खोटाङ जिल्ला आगजनी र डढेलोको प्रकोपबाट आक्रान्त बनेको छ । लामो खडेरीसँगै हावा हुरी र वनजंगलमा फैलिएको डढेलोका कारण खोटाङमात्र होइन कोशी प्रदेशका अधिकांश जिल्लाहरुमा आगलागीका घटना र क्षतिको ग्राफ बढ्दै गएको प्रदेश प्रहरी कार्यालय श्रोतले जनाएको छ। यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो ।

केही दिनयता खोटाङको अधिकांश वन-जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो लागिरहेको दुःखद खबरहरु प्राप्त भईरहेका छन् । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् त कैयौँ  मानिसहरुको घर, मतान, बाख्रा, कुखुरा जलेर नष्ट भर्ईरहेको खबरहरु आर्ईरहेका छन् । 

आम सर्वसाधारणका मनमा जिज्ञासा उव्जिनु स्वभाविक हो-यस्तो वेला डिभिजन बन कार्यालयको भूमिका के रहन्छ ? डढेलोका कारण वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ-दाउरा जलेर बर्षेनि नष्ट भइरहदा यसको नियन्त्रण र निगरानीमा डिभिजन वन कार्यालयसँग वार्षिक कार्यक्रम हुन्छ या हुदैन ? कुनै समय हरियो वन नेपालको धन भन्ने उक्तिले नेपालीलाई गर्ववोध हुन्थ्यो । हाल पनि सिंगो वनको सम्वोधन हुनेगरी नेपाल सरकारको प्रतिनिधिमूलक कार्यालयहरु छन् जिल्लाहरुमा । तर वन संरक्षण र सम्वर्दनका लागि स्थापित ती कार्यालयहरु वर्षेनी जंगलमा फैलिने यस्ता डढेलो नियन्त्रणका लागि भने कामयावी देखिन्नन् भन्दा अतिशयोक्ति नहोला । 

 

हलेसी एफएमका तर्फबाट खोटाङ जिल्लास्थित डिभिजन वन कार्यालयका अधिकारीसँग यस सम्बन्धमा सम्पर्क गरी जिज्ञासा राखिएको छ । वन कार्यालयका अनुसार अहिलेसम्म खोटाङको ८ गाउँपालिका र दुर्ई नगरपालिकामा रहेका अधिकांश सामुदायिक जंगलहरुमा डढेलोले क्षति पु-याएको छ । खोटाङको ऐसेलुर्खक गाउँपालिका-६ ज्यामिरेको तल्लो सल्लेस्थित सतिदेवी र खेमकाजी सामुदायिक वनको  वीचमा लागेको डढेलोले धेरै क्षति पु-याएको  बतार्ईएको छ । दिप्रुङचुइचुम्मा-४ बतासेको सामुदायिक जंगल, हलेसीतुवाचुङ-धितुङको सामुदायिक जंगल, खोटेहाङ, जन्तेढुंगा लगायत अधिकांस पालिकाका सामुदायिक जंगलहरुमा डढेलोले ठूलो क्षति पुराएको छ । ती जंगलहरुबाट डढेलो फैलिदै नजिकैको वस्तिमा समेत आगजनी हुदा लाखौँ क्षति पुगेको छ । घरपालुवा चौपायाहरु जलेर नष्ट भएका छन् ।

केही दिनअघि मात्र खोटाङको खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा डिभिजन वन कार्यालयसँगै  नेपाल प्रहरी र स्थानीयहरुले वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामूलक अग्निरेखा निर्माण अभ्यास गरिएको डिभिजन वन अधिकृत पशुपति दाहालले बताउनुभयो । 

‘डढेलोका कारण वन्यजन्तुको वासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ ।’ उहाँले भन्नुभयोे–‘डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जाल बनाउन जरुरी छ । त्यस्तै अन्य ठाउँमा पनि डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतनामूलक अभ्यास गरिनु का साथै सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन मार्ईकिङ एबं प्रचारप्रसारका काम पनि भैरहेको छ ।’

वन अधिकृत दाहालले डढेलो नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने बताउदै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने पनि जानकारी दिनु भयो ।  

अधिकृत दाहालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले अहिले सम्म कति हेक्टर वनमा डढेलो लाग्यो र कति क्षति भयो भनेर एकिन तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।

 


तलका लिङ्कसहरु पनि पढ्नुहोस--
 

मानिसकै असावधानीबाट दिनदिनै आगलागि र डढेलोले ठूलो क्षति

दिप्रुङचुइचुम्मामा पनि डढेलोबाट ठूलो क्षति

डुम्रे धारापानीको जंगलमा डढेलो फैलिदा स्थानीयवासी सन्त्रस्त

लामिडाँडाको लङ्गुर सामुदायिक वनमा डढेलोबाट क्षति

ऐसेलुखर्कको एक घर तथा गोठमा आगलागिबाट क्षति
 

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

Horoscopes Icon

All Horoscopes