सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ७, २०८१, खोटाङ

Image

जनसेवा नगर अस्पताललाई थप व्यवस्थित गर्न पहिलो बैठक सम्पन्न

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पास्थित जनसेवा नगर अस्पतालको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । जालपामा १ दशक अगाडिदेखि सञ्चालन भैरहेको जनसेवा सामुदायिक अस्पताललाई जनसेवा नगर अस्पतालको रुपमा रुपान्तरण गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मातहतमा सञ्चालन भएसँगै आज (जेष्ठ ७) नगरप्रमुख एवं अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराईको अध्यक्षतामा नगर अस्पतालसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गर्दै प्रथम बैठक सम्पन्न भएको हो ।

सोमवार बसेको पहिलो बैठकबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन सम्बन्धि, स्वास्थ्य वीमा सञ्चालन सम्बन्धि, आर्थिक तथा प्रशासन उपसमिति, सल्लाहकार समिति गठन सम्बन्धमा वृहत छलफल गरी निर्णय गरिएको नगरप्रमुख एवं अस्पाताल सञ्चालन समिति तथा व्यवस्थापन समिति अध्यक्ष भट्टरार्ईले बताउनुभयो । 

बैठकमा समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा आवस्यक छलफल गर्दा  नगर अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलार्ई विभिन्न तालिम, गोष्ठीमा सहभागिता गराउदै क्षमता अभिवृद्धिका साथै अन्य सामाग्रीजन्य तथा गुणस्तरीय सेवा प्रवाह गर्न भौगोलिक विकटता तथा सेवाग्राहीहरुको चाप समेतको आधारमा  जनशक्ति व्यवस्थापनमा समेत सहयोग गर्न पहल गर्ने  निर्णय भएको छ ।

स्वास्थ्य वीमा सञ्चालन सम्बन्धमा नगरअस्पतालमा सेवाग्राहीहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थय सेवा प्रदान गर्ने उद्धेश्यले  स्वास्थ्य वीमा वोर्ड दिक्तेल तथा अन्य माथिल्लो निकायहरुमा समन्वय गरी निकट भविष्यबाट स्वास्थ्य वीमा कायक्रम लागू गरी सेवा प्रवाह गर्ने निर्णय भएको जनाइएको छ ।

यसै गरी बैठकबाट आर्थिक प्रशासन उपसमिति तथा समन्वय समिति गठन गरिएको छ । आर्थिक प्रशासन उपसमितिमा डा. सोहनकुमार साह संयोजक, धनशोभा राई सदस्य र सुवास नेपालीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको जनाइएको छ ।

यस्तै समन्वय समितिमा संयोजक ध्रुव श्रेष्ठ, सदस्यहरुमा खेमराज आचार्य र कविन श्रेष्ठलाई बैठकले तोकेको छ ।  

यता सल्लाहकार समिति गठनमा पनि छलफल गरिएको बताइन्छ । वृहत छलफल पछि बैठकले जनसेवा नगर अस्पताललार्ई सञ्चालनमा टेवा पु-याउन बिकास रार्ईको नेतृत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णय भएको श्रोतले जनाएको छ । अर्को बैठकबाट अन्य सदस्यहरु छनोट गर्ने गरि सल्लाहकार समितिलाई पूर्णता दिने निर्णय भएको जनाइन्छ  ।

जालपास्थित नगर अस्पतालको कार्यकक्षमा नगरप्रमुख एवं अस्पालन सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष तीर्थ राज भट्टरार्ईको अध्यक्षतामा सम्पन्न बैठकमा  वडाध्यक्ष तथा समिति सदस्य दानबहादुर रार्ईका साथै अन्य सदस्यहरु महेन्द्र रार्ई,  मोहनकुमार भट्टरार्ई, मिना कार्की, डा. सोहनकुमार साह, खेमराज आचार्य, ध्रुव श्रेष्ठ, धनशोभा रार्ई, वत्ति गुरुङ,  सुवास नेपाली, उमेश खड्का तथा आमन्त्रित हिरालाल रार्ई, संजिव दाहाल, मन्दिरा बोहोरा निलम रार्ई, दुर्गा गुरुङ, अमृका रार्ई, निश्चल श्रेष्ठ, मनिकुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

स्मरणीय छ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा विक्रम सम्वत २०६९ सालमा स्थापना भै सञ्चालनमा आइरहेको जनसेवा सामुदायिक अस्पताललाई बैशाख २६ गते एक औपचारिक कार्यक्रमका वीच दिक्तेल रुपाकोट  मझुवागढी नगरपालिकाको मातहतमा रहने गरी आधिकारिक रुपमा हस्तान्तरण गर्दै सामुदायिक अस्पताललाई जनसेवा नगर अस्पाताल घोषित गरिएको थियो । नगर अस्पताल घोषणापछि नगर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आज पहिलो बैठक बसेको हो ।

[ यो पनि-जालपाको जनसेवा सामुदायिक अस्पताल अब नगरपालिका अन्तर्गत सञ्चालन हुने }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes