सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २६, २०८१, खोटाङ

Image

जालपाको जनसेवा सामुदायिक अस्पताल अब नगरपालिका अन्तर्गत सञ्चालन हुने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको जनसेवा सामुदायिक अस्पताल अब नगरपालिका मातहत सञ्चालन हुनेभएको छ  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा विक्रम सम्वत २०६९ सालमा स्थापना भै सञ्चालनमा आइरहेको जनसेवा सामुदायिक अस्पतालको स्वामित्व अब दिक्तेल रुपाकोट  मझुवागढी नगरपालिकामा रहने गरी बुधवार एक कार्यक्रमका वीच अस्पताललाई नगर अस्पाताल घोषित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।


दिक्तेल रुपाकोट नगरपालिकाभित्र कुनै पनि नागरिक  स्वास्थ्य सेवाबाट वन्चित हुन नपरोस भन्ने उद्धेश्यबाट नगरपालिकाबाट उपलव्ध हुने आधारभूत स्वास्थ्य सेवा लगायत अन्य स्वास्थ्य सेवालाई सहज, प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयत्न स्वरुप जनसेवा समाज नेपालद्धारा गाउँघरमै सरल, सहज र सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न जनसेवा सामुदायिक अस्पताल स्थापना गरिएको वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राई बताउनुहुन्छ ।

जनसेवा सामुदायिक अस्पताललाई जनसेवा नगर अस्पतालका रुपमा बुधवार उद्घाटन गर्दै यसको सेवामा नगरपालिकाले चासो दिने बताइएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको सभापतित्व तथा पूर्व सांसद टंक राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बक्ताहरुबाट यस्तो प्रतिवद्धता व्यक्त भएको हो । सोही अवसरमा नगरपालिका र जनसेवा समाज दुवै पक्षका तर्फबाट तोकिएको कार्य सञ्चालन शर्त सहितको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । पहिलो पक्ष जनसेवा समाज नेपाल र  दोस्रो पक्ष दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिकावीच दुई पक्षीय सम्झौता गरेर स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक  बन्चित हुने अवस्था  आउन नदिन उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गर्दै अगाडि बढ्ने नगरप्रमुख तीर्थराज भट्टरार्ईले हलेसी एफ एमलार्ई बताउनु भयो । सम्झौता पत्रमा पहिलो पक्षबाट जनसेवा समाजका अध्यक्ष हिरालाल रार्ई र दोस्रो पक्षबाट  नगरप्रमुख तीर्थराज भट्टरार्ईले हस्ताक्षार गर्नुभएको छ ।

योसँगै जालपास्थित जनसेवा समाज नेपालको नाममा रहेको जम्मा ४ रोपनी वढी क्षेत्रफल रहेको जग्गामा बनाइएका  १४ कोठा भएको ४ वटा कच्चि भवन, ४ कोठे एउटा पक्कि भवन, स्टोर तथा क्यान्टिन रहेको ३ कोठे भवन तथा ७ वटा शौचालय भवन जम्मा दुई करोड वढी मूल्य पर्ने भौतिक संरचनाहरुको स्वामित्व अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिनस्थ हस्तान्तरण भएको छ । यसैगरी अस्पताल सञ्चालनका लागि विभिन्न समयमा खरिद गरिएका  स्वास्थ्य सेवा प्रवाहसँग सम्बन्धित रु. १ करोड ५० लाख वढी मूल्य पर्ने  सम्पूर्ण मेसेनरी औजार, उपकरण तथा अन्य सामाग्रीहरु पनि नगरपालिकाको स्वामित्वमा हस्तान्तरण भएको छ ।

यस अगाडि अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि गठन गरिएको अस्पताल सञ्चालन समिति जनसेवा नगर अस्पताल सञ्चालन भएसँगै विघटन हुने जनाइएको छ ।

नगरपालिकाले जनसेवा सामुदायिक अस्पताललाई जनसेवा नगर अस्पतालका रुपमा स्वामित्व ग्रहण गरेपछि जालपास्थित स्वास्थ्य चौकी र अस्पतालबाट प्रवाह हुने सेवालाई एकिकृत स्वास्थ्य सेवाका रुपमा सञ्चालन गर्ने जनाइएको छ । यस्तै जनसेवा सामुदायिक अस्पतालद्धारा तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौसँगको  साझेदारीमा  सञ्चालन हुँदै आएको जनसेवा ग्रामिण आँखा क्लिनिक  सेवा तथा वडा कार्यालयसँगको साझेदारीमा सञ्चालन हुदै आएको दाँत उपचार सेवालाई पनि आवश्यक वजेट व्यवस्थापन गरी निरन्तरता दिइने भएको छ ।

हाल स्वास्थ्य चौकीमा ६ जना र जनसेवा समाजमा ७ जना कार्मचारीहरु कार्यरत छन् ।  कार्यरत कर्मचारीहरुमा एच.ए. २ जना, ल्याब असिस्टेन्ट १ जना, स्टाफ नर्श १ जना, अनमि १ जना र दुर्ई जना कार्यालय सहयोगी रहेको जनाइएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

Horoscopes Icon

All Horoscopes