सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

असाड २, २०८१, खोटाङ

Image

मात्तिमलाई केरा पकेट क्षेत्र बनाईने, गाउँपालिका अध्यक्षद्वारा किसानलाई पाईप हस्तान्तरण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकास्थित वडा नम्बर ५ मात्तिमबिर्ता क्षेत्रलाई केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । केरा खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०/०८१ का लागि उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशबाट प्राप्त २० लाख र २५ प्रतिशत स्थानीयको लागत साझेदारीमा सो वडामा केरा खेती विस्तार सँगै योजना कार्यान्वयन सुरु गरिएको छ । 

उक्त वडाको ४६६ रोपनी क्षेत्रफलमा यस वर्षदेखि केरा खेती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । जसका लागि जी नाईन जातको तन्तु प्रजनन (टिस्यु कल्चर) बाट उत्पादन गरिएको २८ हजार विरुवा रौतहटको चन्द्रनिगाहपुरबाट खरिद गरि ल्याएर किसानलाई वितरण गरिएको छ । 

यसै क्रममा केरा खेतीका लागि खाडल खन्ने तीन वटा उपकरण मेसिन किसानलाई हस्तान्तरण गरिसकिएको छ भने शुक्रबार गाउँपालिका प्रमुख रवि प्रकाश राईले रोपिएको केराको बिरुवालाई जगाउन र सिंचाई सुविधा पुर्याउन २५ एमएमको १० हजार ८७० मिटर पाईप सोही योजना बाट खरिद गरी टोल सुधार समिति मार्फत किसानलाई हस्तान्तरण गर्नुभएको छ ।

केरा खेती विस्तार गर्नका लागि स्थानीय मात्तिम कृषि तथा पशुपंक्षी कृषक समूह मार्फत काम अघि बढाईएको उक्त वडाका वडाध्यक्ष जीवन खत्रीले बताउनुभएको छ । गाउँपालिका अध्यक्ष राईले वडा नम्बर ५ लाई केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरि संघ प्रदेश तथा स्थानीय तहबाट लगानी बढाउँदै लैजाने बताउनुभएको छ । किसानले उत्पादन गरेको वस्तुहरुलाई बजार व्यवस्थापन गर्ने जिम्मा गाउँपालिकाले लिने बताउनुहुँदै अध्यक्ष राईले हरेक उत्पादनमा आत्मनिर्भर बन्न सके साकेलालाई समृद्ध बनाउन समय नलाग्ने धारणा व्यक्त गर्नुभयो । 

पालिका भित्रका विभिन्न स्थानको माटो परीक्षण गरिसकिएको छ, कुन भूगोलमा के लगाउने भन्ने विस्तृत प्रतिवेदन आएपछि निर्धारण हुने र तत्कालका लागि वडा नम्बर ५ को भूगोलमा सुहाँउदो केरा, कफी, कागती, लिची लगायतका विरुवा रोप्न किसानलाई प्रोत्साहन गरिने अध्यक्ष राई बताउनुहुन्छ । गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, सोही वडाका वडाध्यक्ष तथा प्रवक्ता जीवन खत्री न्यौपाने लगायतको उपस्थितिमा केरा उत्पादक कृषकहरुलाई पाईप हस्तान्तरण गरिएको जनाईएको छ ।

 

[ यो पनि-साकेला गाउँपालिकामा पूर्ण सरसफाई कार्यक्रम प्रभावकारी बन्दै }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes