सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साकेला संवाददाता

जेठ २७, २०८१, खोटाङ

Image

साकेला गाउँपालिकामा पूर्ण सरसफाई कार्यक्रम प्रभावकारी बन्दै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकामा सञ्चालित पूर्ण सरसफाईको कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले विगत चार वर्षअघिदेखि सुरु गरेको सरसफाईको कार्यक्रम पछिल्लो समय थप प्रभावकारी बन्दै गएको हो ।

गाउँपालिकालाई पूर्ण सरसफाईमैत्री बनाउने पालिकाको उदेश्य अनुरुप कर्मचारी, प्रहरी, अन्य नागरिकहरु तथा स्थानीयवासीहरु आफ्नो घरआँगन, टोलवस्ति तथा बजार क्षेत्रलाई सफा राख्न निरन्तर प्रयत्नशिल रहेका छन् । पूर्ण सरसफाईको कार्यक्रम पालिका आफैले सञ्चालन गरिरहेको छ । कार्यक्रमको व्यवस्थापकीय पाटो हेर्नको लागि पालिकास्तरमा एक जना र हरेक वडामा थप एक–एक जना कर्मचारीको व्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई आफैले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गरिरहनु भएको छ । 

पालिकालाई सफा, सुन्दर बनाउने प्रयत्न अनुरुप विभिन्न कार्यक्रमका साथ साथै बजार, सडक, सार्वजनिक क्षेत्रहरुमा सरसफाई गर्ने, सडक तथा पार्कहरुमा बिरुवा रोप्ने कार्यहरु नियमित भईरहेको गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । 

‘हामी साकेला गाउँपालिकालाई सफा र शौन्दर्यतासँगै गार्डेनिङ पालिका बनाउने प्रयत्नमा लागिरहेका छौं ।’– उहाँले भन्नुभयो–‘हाम्रो यो प्रयत्नलाई सबैले सहयोग गरिरहनुभएको छ । यसको सम्पूर्ण श्रेय साकेलाबासीलाई जानेछ ।’ 

गाउँपालिका अध्यक्ष राईकै नेतृत्वमा शनिबार साकेला गाउँपालिका स्थित मानेभञ्ज्याङ बजार, सडक तथा पार्क सरसफाई गरिएको छ । हप्ताको एकदुई दिन यस प्रकारको सरसफाई अभियान सञ्चालन गर्ने गरिएको छ । फोहोरमैला व्यवस्थापन गर्नका लागि पालिकाले मानिसको बढि जमघट हुने स्थान, सडक, बजार, विद्यालय, विभिन्न संघसंस्था, पार्क लगायतका स्थानमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर व्यवस्थापनका लागि डष्टविन राखेर फोहोरमैला संकलन गरिरहेको छ । यसरी डष्टविनमा संकलन भएको फोहोरमैलालाई गाउँपालिकाको वडा नम्बर–३ मा निर्माण हुँदै गरेको सटिङ साईडमा लगेर व्यवस्थापन गर्ने पालिकाले तयारी गरेको छ । 

मानिसले खाएको वा प्रयोग गरेको एक/एक प्लाष्टिक र अन्य फोहोरमैलाको टुक्रालाई नजिकैकै डष्टविनमा लगेर खसालियो भने पालिका आफै सुन्दर हुने अध्यक्ष राईको तर्क छ । ‘हामी अरुलाई गाली गर्छौं तर आफ्नै अगाडि भएको फोहोर टिपेर व्यवस्थापन गर्न सक्दैनौं ।’– अध्यक्ष राईले भन्नुभयो– ‘नकारात्मक टिकाटिप्पणी गर्नुको सट्टा काम गर्ने गरौं, त्यति गरियो भने कम्तिमा पालिकालाई सुन्दर राख्न सकिन्छ ।’

साकेला गाउँपालिकालाई सुन्दर र सफा राख्नका लागि विगतमा गैर सरकारी संस्था मार्फत कार्यक्रम सञ्चालन गरिँदै आईएकोमा आर्थिक वर्ष २०७९/०८० देखि पालिका आफैले कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षमा विशेष अनुदान अन्तर्गत संघीय सरकारद्वारा एक करोड रुपैंया फोहोरमैला व्यवस्थापनका लागि रकम प्राप्त भई कार्यान्वयन भईरहेको छ ।

      शुन्दर बनाऔँ, सफा राखौ साकेला अभियानका केही झलकहरु

 

[ यो पनि-साकेलामा अपाङ्गता भएका १७९ जनालाई परिचयपत्र वितरण }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes