सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन ४, २०८०, Sakela Gaupalika

Image

साकेला मात्तिमका आमा समूहले पालिकाको सहयोगमा पाए कुटानी पिसानी मिल


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई कुटानी पिसानी मिलसँगै आमा समूहको वैठक कक्षको लागि कुर्सी उपलव्ध गराइएको छ । गाउँघरमा अन्न पिस्नका लागि ढिकीजाँतोको प्रयोग गर्दै आएका महिला दिदी बहिनीहरुलाई लक्षित गरी गाउँपालिकाले महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत  खरिद गरिएका विध्युतबाट चल्ने कुटानी पिसानी मिल तथा कुर्सी बुधबार वडा नं. ५ मात्तिम विर्ताका आमा समूहलाई एक कार्यक्रमका वीच उपलव्ध गराइएको हो ।  

ढिकी जाँतो गर्नेक्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका लागि चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम मार्फत बिनियोजित  कुल  रु. ९ लाख रकम  बाट गाउँपालिका भित्रका ४३ वटा आमा समुहरुलाई कुटानी पिसानी मिल बितरण गर्ने लक्ष्य रहेको पालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । यसै क्रममा गाउँपालिकाले वडा नं. ५ मात्तिमबिर्ताका आमा समूहलाई बुधवार २ वटा कुटानी पिसानी मिल तथा बैठक कक्षका लागि ९५ वटा कुर्सी वितरण गरिएको वडाध्यक्ष जीवन खत्रीले बताउनु भयो ।

गाउँपालिकाले  गाउँभरीका महिला दिदीबहिनीहरुले अन्न पिस्नका लागि उपयोग गर्न पाउनेगरी समूहलाई मिल प्रदान गरेको हो । गाउँघरमा हालसम्म अन्न पिस्नका लागि ढिकी जाँतोको प्रयोग हुने गरेको छ । ढिकी वा जाँतोको प्रयोग गर्ने क्रममा महिलाले बढी शारीरिक श्रम गर्नुका साथै उत्तिकै समय खर्च गर्नुपर्ने हुन्छ । यही कारण आमा समुहलाई कुटानी पिसानी मिल प्रदान गरिएको साकेला गाउँपालिकाले जनाएको छ  । 

वडा नं.५का वडाध्यक्ष जीवन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा आमा समूहका लागि कुटानी पिसानी मिल तथा कुर्सीहरु कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष रविप्रकाश राई तथा  विशेष अतिथि पालिका उपाध्यक्ष विर्सिका राईले हस्तान्तरण गर्नुभएके थियो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

Horoscopes Icon

All Horoscopes