सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १९, २०८०, Khotang

Image

खोटाङमा फागुन २९ देखि चैत्र ३ सम्म दादुरा रुवेला खोप अभियान सञ्चालन हुने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा नौ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने भएको छ  । फागुन २९ गते देखि चैत्र ३ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने दादुरा रुवेला खोप अभियानको लागि जिल्ला भर  ३९२ केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चम्लागाईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ । 

आज शनिबार स्वास्थ्य कार्यालयले सञ्चारकर्मी भेटघाट कार्यक्रम गरेर खोप अभियानको विषयमा सबै सम्बन्धित निकाय तथा सरोकारवालाहरुमा सचेतना जगाई खोप उमेर समुहका कुनै पनि बालबालिकाहरु नछुटुन् भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम  आयोजना गरिएको जनाइएको छ ।

खोटाङमा चार हजार ८२ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले सञ्चारकर्मी भेटघाट कार्यक्रममा जनाएको छ । लक्षित बालबालिकालाई खोप दिन ३९२ केन्द्र तोकिएको छ भने ती खोप केन्द्रहरुमा दुई–दुईजना स्वयंमसेवक रहनेछन् ।

९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाले नियमित खोप अन्तर्गत दादुरा–रुबेला विरुद्धको खोप लगाई सकेको भए पनि यो अभियानमा अनिवार्य रुपमा खोप लगाउनु पर्ने, नियमित खोप लगाई सकेका बालबालिकाका परिवारले खोप लगाउन जाँदा पहिलाको खोप कार्ड लिएर खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख चम्लागाईले सूचित गराउनुभयो । 

उहाँ भन्नुहुन्छ—‘दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गराउने भएकाले खोप अनिवार्य लगाउनुपर्नेछ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थ भट्टरार्ई, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा जिल्ला स्थित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयको तालिम हलमा सम्पन्न भएको थियो ।

 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes