बैशाख १८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर उकास्न पाठ्यक्रमको सही प्रयोग तथा शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर शिक्षकहरुको सहभागितामा यस सम्बन्धि प्रवोधिकरण कार्यशालाको आयोजना गरेको छ । विध्यालयका शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकका प्रतिनिधिमूलक सहभागितामा बैशाख १४ र १५ गते दुईदिने पाठ्यक्रम परिमार्जन तथा सहजकर्ता उत्पादन कार्यशाला गोष्ठी सम्पन्न भए लगत्तै बैशाख १७ र १८ गते पाठ्यक्रमको प्रयोग र शिक्षण सिकाई प्रवोधिकरण कार्यशालाको आयोजना गरेको हो ।
दुई दिने कार्यशालामा शिक्षकले पढाएका विषय विध्यार्थीहरुले बुझ्न सके सकेनन् त्यसको मूल्यांकन, विध्यार्थीहरुको दैन्दैन्य कृयाकलापको अभिलेखिकरण, पाठ्यक्रमसँग पाठ्यपुस्तकको तादाम्यतालाई कार्यशालामा महत्वका साथ छलफल गरिएको बुझिएको छ । विध्यार्थीहरुको जिज्ञासु स्वभावमा वृद्धि ल्याउने, आत्ममूल्यांकनमा जोड दिने र विध्यार्थीले समाधान गर्न नसकेका विषयमा पृष्ठपोषण दिने जस्ता सिकाईका विविध पाटामा केन्द्रित बनेर कार्यशालामा छलफल बढाइएको बताइन्छ । पाठ्यक्रमको निर्माण यसको प्रभावकारिता र औचित्य सम्बन्धमा पनि गहन छलफल गरिएको थियो । त्यसैगरी शिक्षण सिकाईका विषयमा दुई समूह बनाएर समूहगत रुपमा छलफल गरि सामूहिक निष्कर्ष निकालिएको थियोे ।
नगरपालिकाभित्रका ९३ सामुदायिक आधारभूत विध्यालयका १÷१ जना शिक्षकहरुको सहभागितामा भएको कार्यशालामा मुख्य सहजकर्ताको भूमिका शिक्षा मन्त्रालयमा लामो समय जिम्मेवारी निर्वाह गरी त्यहाँबाट निवृत्त हुनुभएका पूर्व उपसचिव तथा शिक्षाविद भरत श्रेष्ठले निर्वाह गर्नुभएको थियो भने अन्य सहजकर्ताका रुपमा प्रअलक्ष्मिप्रसाद खनाल, पदमकुमार राईले सहजिकरण गर्नुभएको थियो ।
दिक्तेल सोल्मास्थित शुभम् फाउण्डेशनमा भएको दुई दिने प्रवोधिकरण कार्यशालाको उद्ध्घाटन नगरउपप्रमुख वीशन राईले गर्नुभएको थियो भने आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष तीर्थराज भट्टराईको सभापतित्वमा समापन कार्यक्रम सम्पन्न भएको थियो । समापन कार्यक्रममा शिक्षकहरु तिलक श्रेष्ठ, निर्मला कार्कीले आ₋आफ्नो विचार राख्नु भएको थियो भने कार्यशालाको संयोजन नगर शिक्षा सुधार दलका संयोजक तथा शैक्षिक अभियन्ता सूर्यबहादुर राईले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !