सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ६, २०८०, Khotang

Image

खोटाङमा दश हजार वढि शिशुहरुले दादुरा-रुवेला विरुद्धको खोप लगाए


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङ जिल्लामा ९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाहरुका लागि सञ्चालन भएको दादुरा–रुबेला विरुद्धको खोप  अभियान सम्पन्न भएको छ । गत फागुन २९ देखि चैत्र ३ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा सञ्चालन भएको  खोप अभियानमा  जिल्लाभरिका दश हजार भदा बढि वालवालिकाहरुले खोप लगाएको श्रोतले जनाएको छ । 

खोप अभियानलाई सफल गराउन जिल्ला भर  ३९२ केन्द्र तोकिएको  थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २,८७२, हलेसी तुवाचुङ नगरपालिकामा १,६८६ वालवालिकाहरु खोप अभियानमा सरिक भएको थाहा भएको छ । त्यसैगरी ऐसेलुखर्क गाउँपालिकामा ८११, केपिलासगढी गाउँपालिकामा ८२५ र रावाबेशी गाउँपालिकामा ६७८ जना वालवालिकाहरुलाई खोप लगाइएको जनाइएको छ ।

प्रदेश निर्वाचन क्षेत्र ख अन्तर्गत साकेला गाउँपालिकामा ५५७, दिप्रुङचुर्ईचुम्मा गाउँपालिकामा ९१८, खोटेहाङ गाउँपालिकामा ९७८, जन्तेढुङगा गाउँपालिकामा ६८४ र बराहपोखरी गाउँपालिकामा ५९६ शिशुहरुले खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौँलागाईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ । उहाँका अनुसार जिल्लाभरि जम्मा १० हजार ६ सय ५  जना शिशुहरुले दादुरा-रुवेला विरुद्धको खोप अभियानमा खोप लगाएर सहभागिता जनाएकाछन् ।

 

[यो पनि पढ्नुहोस--खोटाङमा आजदेखि चैत्र ३ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुदै}
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

Horoscopes Icon

All Horoscopes