सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १६, २०८१, खोटाङ

Image

नयाँ घरसँगै नयाँ इतिहास रच्ने वोपुङका युवाहरु !


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक असहाय वद्धका लागि स्थानीय युवाहरुको अग्रसरतामा एउटा घर निर्माण गरी बृद्धलाई उपलव्ध गराइएको छ । 

जीर्ण र साँघुरो छाप्रोमा रहदै आएका वोपुङ डुम्रीवोटेका ८० वर्षीय वृद्ध भोम्पालसिं राईको कष्टदायक दिनचर्या देखेर स्थानीय युवाहरु अमित राई, किसान राई, केशरजंग राई लगायतले शुभचिन्तक तथा आफन्तहरुबाट सहयोग रकम जुटाउदै र स्थानीयवासीहरुको श्रमदान बाट १ महिनामा ढुंगामाटो र जस्ताले छाइएको एकतले घर निर्माण गरी बैशाख १५ गते वृद्धलाई एक सम्मान कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिदिएका हुन् ।

जिल्ला सदरमुकामबाट टाढा रहेको वोपुङ गाउँमा भएको यो सामाजिक र मानवीय कामलाई हलेसी एफएमले शूरुदेखि नै अत्यन्त महत्वका साथ फलोअप गर्दै आएको थियो । हलेसी एफएमले घर निर्माणको कामका बारेमा यस अगाडि पनि समाचारका रुपमा प्रशारण गर्दै आएको थियो । 

घर निर्माणको काम पूर्ण रुपमा सम्पन्न गरी शुभेच्छुकहरुबाट प्राप्त सहयोग रकम समेत सार्वजनिक रुपमा विवरण प्रस्तुत गर्दै बैशाख १५ गते सम्बन्धित व्यक्तिलाई घर हस्तान्तरण गरेर ती युवाहरुले समाजका लागि नयाँ घर निर्माणसँगै एउटा नयाँ इतिहास समेत सिर्जना गर्नुभएको छ ।  (विस्तृतमा अगाडिका समाचारहरु पढ्नुहोला) 

वृद्ध भोम्पालसिं राईलाई सम्मान कार्यक्रमवीच घर हस्तान्तरण गरिदै

 

[ यो पनि-वोपुङे युवाहरुको तर्फबाट नयाँ वर्षको आगमनमा भुम्पालसिंले पाए नयाँ उपहार }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ...

बाँसैबाँसद्धारा निर्माण गरिने संग्राहलयका लागि सहयोग गर्न मन्त्री पाण्डेलाई नगरप्रमुख...

युवराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

--------------प्रत्युन्ह पोखरेल खोटाङ खार्पाकी १०६ वर्षीय रेणुकादेवी पोखरेलले २०८१ पौष २४...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावावेशी गाउँपालिका वडा नं. १ कुभिण्डेमा १...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक सत्र–२०८२...

Horoscopes Icon

All Horoscopes