सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १३, २०८०, Khotang

Image

नेपाल नेत्र ज्योति संघ खोटाङको वार्षिकोत्सवमा निःशुल्क आँखा जाच तथा चस्मा वितरण


हलेसीन्युजडेस्क, खोटाङ

नेपाल नेत्र ज्योति संघ खोटाङले ४६ औँ वार्षिकोत्सव मनाएको छ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूलनाराका साथ शुभकामना आदान प्रदानसँगै निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरेर मंगलवार नेपाल नेत्र ज्योति संघ खोटाङको वार्षिकोत्सव मनाइएको हो ।

 

दिवसको अवसरमा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपप्रमुख विशन राई, दिक्तेल रुपाकोट मझुवागढी, नगरपालिका वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

शुभकामना मन्तव्य दिदै नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालबाट आँंखा उपचारको क्रममा आगामी दिनहरुमा समयानुकूल थप आधुनिक उपकरण र प्रविधियुक्त दक्ष जनशक्तिहरुद्धारा गुणस्तरीय सेवा प्रदान गर्दै लैजानुपर्ने कुरामा सबैले जोड दिनुभएकोे थियो । आँखा मानव शरीरको महत्वपूर्ण अंंग रहेको हुँदा यसको सुरक्षा र कुनै समस्या आएमा तत्काल उपचारका लागि ध्यान दिनुपर्ने कुरामा सबैको जोड थियो ।

शुभकामना आदानप्रदान पछि नेत्र ज्योति संघका पदाधिकारी, आजीवन सदस्य तथा दिवस मनाउन आउनु भएका अतिथिहरुको आँखा जाँच गर्दै आवश्यकता अनुसारको चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो । दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्ने क्रममा आँखामा समस्या निम्तिरहेका दुई जना पत्रकारहरुका साथ अन्य व्यक्ति समेत जम्मा ३२ जनालार्ई चस्मा वितरण गरिएको सभापति कसजुले बताउनुभयो  ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ई, जिल्ला अस्पताल खोटाङका प्रमुख रुपेश संग्रौला, दिक्तेलरुपाकोट  मझुवागढी नगरपालिकाका उप प्रमुख वीसन रार्ई, वडा नम्बर १ का वडा अध्यक्ष नवराज रार्ई, वरिष्ठ पत्रकार  कृष्ण अचार्य, जेष्ठ नागरिक सघं खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरे  लगायत अन्य जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

संघका सभापति इन्द्र कसजुको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर रार्ईको प्रमख आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रमको सहजिकरण संघकी सचिव रेखा राईले गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes