सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १४, २०८१, खोटाङ

Image

स्व. रामबहादुर तामाङ अक्षय कोषबाट देउराली मावि डुम्रेका चार विध्यार्थीहरुलाई प्रोत्साहन रकम प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा अध्ययनरतः चार छात्र छात्राहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । डुम्रेधारापानी गोठपानीका अग्रज व्यक्तित्व रामबहादुर तामाङको २०७८ सालमा देहान्त भएपछि उहाँको नाममा वि.सं. २०७९ सालमा परिवारबाट रु १ लाख जम्मा गरेर स्थापना गरिएको स्वर्गीय रामबहादुर स्मृति अक्षयकोषमा प्राप्त व्याज रकमबाट देउराली मावि डुम्रेमा अध्ययनरतः विध्यार्थीहरुवीच अनुशासन, अध्ययनशिलता, नियमितता, सरसफाई र जेहेन्दारमध्ये चार छात्र छात्राहरुलाई अक्षयकोष संस्थापकको तर्फबाट जनही रु १५ सयका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो ।

बुधवार देउराली माविको प्राङ्गणमा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डेको सभापतित्वमा भएको वृहत कार्यक्रममा स्वर्गीय रामबहादुरका छोरा तथा कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर तामाङले कक्षा २ मा अध्ययनरत छात्रा शिक्षा अधिकारी, कक्षा ७ मा अध्ययनरत छात्र सन्देश वास्तोला, कक्षा ९ मा अध्ययनरत छात्र मेघनाथ घिमिरे तथा कक्षा ११ मा अध्ययनरत छात्रा कविता भट्टराईलाई प्रोत्साहन रकम वापत जनही रु १५ सय प्रदान गर्नु भएको सोही विध्यालयका शिक्षक दिपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।

सोही अवसरमा प्रमुख अतिथि तामाङले कार्यक्रममा उपस्थित रहेका अन्य विध्यार्थीहरुलाई लेख्नका निम्ति भनेर प्रति विध्यार्थी २ वटा कापी समेत प्रदान गर्नुभएको थियो ।

शैक्षिक र सामाजिक क्षेत्रमा विगत देखि नै चासो राख्दै सहयोग पुराउदै आउनु भएका तामाङ हाल अमेरिकामा रहदै आउनुभएको थाहा भएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

Horoscopes Icon

All Horoscopes