सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ ४, २०८०, खोटाङ

Image

निर्मलीडाँडाका आगलागी पीडितलाई राहत वितरण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं.९ निर्मलीडाँडास्थित पेलुङका एक घरमा भएको आगलागीबाट पिडित परिवारलाई नेपाल रेडक्रस सोसाईटीबाट राहत उपलब्ध गराईएको छ । निर्मलीडाँडा पेलुङका ६४ वर्षीय गणेश बस्नेतको घर बुधवार वेलुकी आगलागी भै क्षतिग्रस्त भएको जानकारी प्राप्त हुनासाथ आज नेपाल रेडक्रस शोसाइटी दिक्तेल शाखाले आगलागी पीडित परिवारलाई घटनास्थलमै पुगेर राहत सामाग्री उपलव्ध गराईएको रेडक्रस जिल्ला सभापति ज्ञानेन्द्र जोशीले हलेसी एफएमलाई जानकारी गराउनुभयो ।

माघ ३ गते बेलुकी आकस्मिक रूपमा आगलागी हुँदा घरमा भएको लत्ता, कपडा, खाद्यान्न जलेर नष्ट भएको वडा नं. ३ निर्मडाँडाका वडाध्यक्ष दिनेश कठायतले जानकारी गराउनु भयो । 

स्थानीय युवाहरुको सहयोगमा घरभित्र रहेका केही कपडा र केही अन्नपात भने सुरक्षित गराउन सफल भएको स्थानीय युवा समाजसेवी दिवासन राईले बताउनुभयो । घर पछाडि रहेको खोल्माबाट आगोलागी शुरुभई फुसको छाना भएको पुरैघर तथा कटेरो जलेर नष्ट  भएको स्थानीय महिला समाजसेवी ध्रुवकला राईले बताउनुभयो । 

आज विहान नै नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा राहत सामग्री लिएर रेडक्रसका जिल्ला सभापति ज्ञानेन्द्र जोशी, वडा अध्यक्ष दिनेश कठायत र युवा समाजसेवी दिवासन राई घटनास्थल पुगी पीडित परिवारलाई पाल २ थान, कमल २ थान, भाडा सेट १, बाल्टिन २ वटा, म्याट्रिस २ थान तथा एक परिवारका लागि एक सेट लत्ता कपडा उपलव्ध गराइएको रेडक्रस सभापति जोशीले बताउनुभयो ।

आगलागी पीडित परिवारलाई राहत सामाग्री उपलव्ध गराउदै नगरप्रमुख भट्टराईले नगरपालिका तथा प्रदेश राहत तथा विपद कोषबाट रु ४ लाख राहत रकम उपलव्ध गराउने घोषणा गर्नुभयो । यसका लागि तत्काल पहलकदमी गरिने पनि उहाँले बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes