सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • 2025 April 7 Monday
  • 13:52:46
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २६, २०८१, खोटाङ

Image

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिवल प्रतियोगिता आजदेखि शुरु

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । गाउँपालिकाको मुख्य प्रायोजनमा खेलकुद विकास समिति ऐसेलुखर्कद्धारा आज (बैशाख २६ गते)देखि  बैशाख २९ गतेसम्म ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिकास्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुने भएको हो ।

युवाहरुको वीच निकै लोकपृय खेलका रुपमा लिइने भलिबलको विकास, विस्तार एवं नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताउनुभयो । 

ऐसेलुखर्क गाउँपालिकाको खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा महिला तथा पुरुष विजयी खेलाडीहरुका लागि समान पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।विजयी खेलाडीहरुतर्फ प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई छुट्टाछुट्टै क्रमशः रु.२ लाख, रु. १ लाख, रु. ५० हजार र रु. २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ ।

यस्तै, बेष्ट प्लेयरलाई रु.५ हजार तथा बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट व्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भर, अनुशासित र बेष्ट कोचलाई जनही रु.३ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सेमिफाइनलदेखि माथिका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार खेलाइनेछ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

Horoscopes Icon

All Horoscopes