सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन ६, २०८०, Khotang

Image

दुई दिने यौन तथा लैङ्गिक हिंसा रोकथाम तालिम सम्पन्न

 हलेसीन्युजडेस्क, खोटाङ /

   नेपाल रेडक्रस सोसाईटी खोटाङ जिल्ला शाखाले दुई दिनेयौन तथा लैङ्गिक हिंसा रोकथाम तालिम सम्पन्न गरेको छ्र । फाल्गुण ३ र ४ गते दिक्तेलमा संचालित उक्त तालिममा रेडक्रस जिल्ला शाखा तथा उपशाखाहरु र समुदायका स्वयम् सेवकहरु गरि १८ जना सहभागी रहेको थियो ।  समुदायस्तरमा यौन तथा लैङ्गिक हिंसा बढ्दै गइरहेको र समुदयमा सचेतनाको लागि स्वयम्सेवकहरु आवश्यक देखिएकोले स्वयंसेवकहरुलाई तालिम दिएको तालिमका संयोजक एवं समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रमका स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

 समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम खोटाङ जिल्लाको दुई ओटा पालिकाहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउपालिकामा क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा संचालन भइरहेको छ  । दुई दिन सम्म दिक्तेल मा संचालन गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक दिपक पोखरेल, टिकाराज पौडेल, स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठ ,स्वास्थ्य सुपरिवेक्षक रोशन्ति गुरुङले गर्नुको साथै जिल्लामा हिंसाको अवस्था र कानुनी प्रावधान वारेमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक टिकाराज बरालले सहजीकरण गर्नुभएको थियो ।

 समापनकार्यक्रमको अध्यक्षता जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशीले गर्नु भएको थियो भने रेडक्रसको आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने र तालिमले हिंसाको जोखिम न्यूनीकरण गर्नेमा आफुलाई विश्वास रहेको बताउनु हुन्छ उहा भन्नु हुन्छ, लैङ्गिक हिंसा घरभित्र र सार्वजनिक स्थल गरी दुवै स्थानमा हुने गरेको पाइन्छ । धेरै जसो लैङ्गिक हिंसाका घटना घरमै हुने गरेका छन् । विद्यालयमा, विद्यालयबाट घर फर्कदा, गाईबस्तु चराउन जाँदा र कुनै घटना त अपहरण गरेर जङ्गलमा लगी बलात्कार गर्ने गरेको पनि सुनिन्छ । महिलाहरूले आफ्नो कार्यस्थलमा पनि हिंसा भोग्नु परेको हुन्छ । महिलाहरू आफ्ना आफन्त तथा घनिष्ठ व्यक्तिहरू खास गरी आफ्नै श्रीमान्, सासूससुरा र परिवारका अन्य सदस्य र सहकर्मीबाटै हिंसाको खतरा हुने जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशीले बताउनु भयो  ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes