सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १०, २०८०, Khotang

Image

दिक्तेलस्थित दिलकाजी-ठूलकुमार स्मृति प्रतिष्ठानको भवन उद्घाटन


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको सदरमुकाम दिक्तेलबजारस्थित भवनगैरामा निर्माण भएको दिलकाजी-ठूलकुमार स्मृति प्रतिष्ठानको भवन उद्घाटन गरिएको छ । नेकपा माओवादी (केन्द्र) का उपमहासचिव तथा पूर्व मन्त्रि जनार्दन शर्माले प्रतिष्ठानको नवनिर्मित भवनको आज एक औपचारिक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो ।

 

माओवादी जनयुद्धकालमा शहादत प्राप्त निर्मलीडाँडा लामाखुका दिलकाजी कार्की तथा दोर्पा दोवेलाका ठूलकुमार श्रेष्ठको स्मृतिमा उक्त भवनको दिक्तेलवजार भवनगैरास्थित प्रतिष्ठानको आफ्नै ६ आना जग्गामा वि.सं. २०७५ पौष २७ गते शिलन्यास गरिएको थियो । प्रदेश सरकारबाट विभिन्न आर्थिक वर्षमा विनियोजित वजेट रु.१ करोड पचास लाखमा ठेक्का प्रकृयाबाट उक्त भवनको निर्माण कार्य सम्पन्न भएको जनाइएको छ ।

भवन उद्घाटनको क्रममा माओवादी नेता तथा मन्त्री शर्माले खोटाङको विकास निर्माणमा राज्यको ध्यान जान नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । शहिद दिलकाजी कार्की जस्ता खोटाङका अरु ७३ जना शहिदहरुको त्याग र वलिदानीबाट प्राप्त गरेका उपलव्धिहरुलाई हामीले बचाउनुपर्छ भन्दै शहिदका सम्झनामा प्रतिष्ठानको भवन बनाउनु महत्वपूर्ण काम भएको उहाँले बताउनुभयो । उहाँले देशको वर्तमान राजनैतिक अवस्थाको कारण मुलुक पछि परेको भन्दै स्थायी सरकारको आवश्यकतामा जोड दिनुभएको थियो ।

नेता शर्माले प्रतिष्ठानको भवनमा स्थापना गरिएको पुस्तकालयसमेत आजै उद्घाटन गर्नुभएको थियो । प्रतिष्ठानको चारतले पक्की भवनमा नेकपा माओवादी (केन्द्र) जिल्ला कार्यालय समेत रहेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes