सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २०, २०८०, Khotang

Image

‘देशमा देखिएका भ्रष्टाचारको अन्त गरी सुशासन कायम गर्नु सरकारको मुख्य उद्धेश्य’–मन्त्रि सुदन किराती


हलेसीन्युजडेस्क, खोटाङ

मन्त्री सुदन किरातीले मुलुकमा भएका भ्रष्टाचारको अन्त गरी सुशासन कायम गर्नु सरकारको मुख्य उद्धेश्य रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलवजारमा प्रेस सेन्टर नेपाल, खोटाङद्धारा आज आयोजित पत्रकार सम्मेलनमा उहाले यस्तो बताउनु भएको हो ।

मन्त्री  किरातीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संघीय ऐन कानूनहरु छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै आजै संघीय संसदमा पेश हुने पनि बताउनुभयो । गठबन्धन सरकारको अझ पनि औचित्यता कायम रहेको बताउँदै उहाँले यस सम्बन्धमा हाल उठीरहेको केही सवालहरुका बारेमा भने निर्मम बनेर समिक्षा गर्नु जरुरी रहेकोमा जोड दिनुभयो । यसरी समिक्षा नगर्ने हो भने यसमा अरु विकृति बढ्न सक्ने तर्फ उहाँले औल्याउनुभयो । 

यसैगरी नेपालको सबैभन्दा ठूलो शत्रु नै गरिवी, बेरोजगारी, अशिक्षा, रोग  रहेको बताउदै उहाले यसका विरुद्धमा सरकार मात्र होइन सबैले साझा दुश्मन किटान गरी एकतावद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । यसका लागि गठबन्धन मात्र होइन राष्ट्रिय सहमतिका साथ राष्ट्रिय सरकार बनाउन पनि तयार हुनुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसी, किराँत समुदायको उद्गमस्थल तुवाचुङ–जयाजुम, बराहपोखरी, जन्तेढुङ्गा, मझुवागढी लगायतका धार्मिक तथा ऐतिहासिकस्थलहरुको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ । उहाँले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयबाट विनियोजित बजेटलाई सही तरिकाले कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

मन्त्री किराती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ‘सोल्मा स्पोर्टस् क्लब सोल्मा’द्धारा आयोजना गरिएको ‘अण्डर–२३ पुरुष फुटबल प्रतियोगिता’ समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएको हो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes