सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २५, २०८०, Khotang

Image

अब देखि श्रमिकले एक घण्टामा नै श्रम स्वीकृति पाउने


हलेसीन्युजडेस्क, खोटाङ

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब देखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचल स्थित वैदेशिक रोजगार कार्यलयले कागजपत्र पुगेको अवस्थामा एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

श्रमिकले सबै प्रक्रिया पुरा गरी आवश्यक कागजपत्र सहित कार्यालय समयमा अनलाईनबाट आवेदन दिएमा २ मिनेट ४४  सेकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताउनुभयो । ताहचल कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युतको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको बताउनुभयो । 

नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको मन्त्री अर्यालले बताउनुभयो । यसका लागि कार्यलयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद समेत दिनुभयो । 

श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिनु भएको थियो । उहाँले भन्नुभयो –“हाफ पाईन्ट, टिसर्ट र चप्पल लगाएर, मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारी जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन चार दिन लगाएर अल्झाउँने, यो कुनै पनि हालतमा स्वीकार्य छैन । श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन । त्यसैले मेरो पहिलो एजेण्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो ”।

श्रम स्वीकृति पूर्ण रुपमा निशुल्क हो । श्रमिकले आफनै मोवाइल वा कम्पप्यूटरबाट अनलाईन आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति पनि अनलाईनबाट नै प्राप्त गर्न सक्नेछन् । यसका लागि कार्यलय धाई रहनु नपर्ने मन्त्री अर्यालले बताउनु भयो ।

 “सक्नुहुन्छ भने आफनै मोबाइल वा कम्प्यूटरबाट आवेदन दिनुहोस् । आवेदन दिने प्रक्रिया पनि विभागको वेव साइटमा राखिएको छ,” उहाँले भन्नुभयो ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes