सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हाम्रो स्वास्थ्य-हाम्रो जीवन

कार्तिक १५, २०८१, Khotang

Image

अस्वस्थ छोरो र उपचार


—————तीर्थराज भट्टराई

जेठो छोरा अध्ययन अहिले नोबेल कलेज, नयाँ बानेश्वर, काठमाडौमा चित्रकलाको विद्यार्थी हुन् । सिमित कलेजमा मात्रै पढाई हुँदो रहेछ चित्रकला विषयको । मेरा अनन्य मित्र सोल्मा, दिक्तेल निवासी राजकुमार आचार्यले उक्त कलेजको व्यवस्थापन हेर्नुहुन्छ । उहाँको  सदासयता र मेरो सानिध्यताले मात्रै नोबेल कलेजको विद्यार्थी भए अध्ययन । सामुदायिक विद्यालय स.मा.वि., दिक्तेलमा एक वर्ष र त्यसपछि काठमाडौ, महाराजगञ्ज स्थित शिवपुरी मा. वि. बाट यस वर्ष एसईई उतिर्ण गरे । 

पढाई न अब्बल दर्जाकाे, न न्युन छ, सरदर मध्यम स्तरको । अहिलेको यो टपरटैय्याँ जमानामा मेरो ठम्याईमा सोझो र इमान्दार छन् उनी । ईमान र जमान अनुसार नै अघि बढे पक्कै पनि हुनेछन् सफल पनि । तिहारसम्म कलेज विदा भएकोले दशै लगत्तै उनी जन्मथलो आएका थिए दोर्पा । उनी जहाँ भएपनि दोर्पाप्रति माया, मोह र अपनत्वको कुरा गरिरहन्छन् । काका काकी पर्शुराम, कल्पना तथा दाजु बहिनी पिकेश र प्रेशिकाको औधि स्मरण गर्छन् । तुलनात्मक रूपमा कान्छो छोरा अनुसन्धानको भने दिदी प्रेशिका प्रति ज्यादा झुकाव देखिन्छ । हजुरआमा पद्मकुमारीप्रति भने दुबै छोराको सधै सम्मानभाव रहन्छ । ३ गते कार्तिक दिक्तेलबाट अध्ययन बहिनी प्रेशिका सगै गएका थिए दोर्पा । मसग खासै सम्पर्क थिएन दोर्पा गएपछि।  उनले दुई– तीन पटक फोन त गरेका थिए तर व्यस्त भएको कारण उठाउन पाएको थिइनँ मैले । घर गएको छन्, परिवारसँग बसेकै छन् भनेर मैले गरिनँ त्यति वास्ता पनि । तर त्यहीँ वीचमा उनी भएछन् अस्वस्थ । 
दोर्पा गएको २÷३ दिनपछि टाउको दुखेको कारण स्वास्थ चौकी चिउरीडाँडामा गएर उनले लिएछन् औषधि पनि । आमा र बुहारी कल्पनाको भनाइ अनुसार ३÷४ दिनदेखि खाना खाएको रहेनछ राम्री । खाना त खाने तर सधैँ झै तथा उमेर अनुसार खाए छन्  विल्कुलै कम । काम नपरेकोले मैले घर पनि फोन गरेको थिइनँ । मलाई पनि घरबाट फोन गर्नुभएको थिएन कसैले । अचेलका केटाकेटी मोवाईल भएपछि खाना पनि नखाने र परिवार पनि नचाहिने अवस्था छ सबै घरका बाबु नानीको । घरमा अध्ययनको विषयमा त्यहीँ भएको हुनु पर्दछ पक्कै पनि । बुहारी कल्पनाले अति व्यस्त हककुदाहककुदै पनि खुबै माया गर्छिन् बाबु नानीलाई । आमाको कोमल मन न हो, साना बाबु नानीप्रतिको प्रेम । 

९ गते वडा नं. ७ चिउरीडाँडाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा गएको मौकामा करकाबबाट दिक्तेल ल्याएको थिएं अध्ययनलाई । उनी दोर्पामा नै बस्न चाहन्थे, तर मैले सबैसँग घुलमिल र चिनजान गराउँन ल्याएको थिए दिक्तेल । बेलुकी ९ बजे आई पुग्यौं र सुत्यौं हामी । १० गते शनिवार खाल्ले दीपक बस्नेतकोमा जाने उद्देश्यले चिरन्जिवीजी र छोरालाई लिएर निक्लिएँ विहान ५ बजे नै । केहीदिन अगाडि दीपकको ७ वर्षको छोरा दुर्घटनामा परेर स्वर्गारोहण भएका थिए । मेहनती, इमान्दार र कर्तव्यनिष्ठ थिए दीपक । आस्था र विचारका हिसावले तरूण नेता । अर्को तर्फ निर्वाचनमा मलाई जिताउन भोकभोकै खटेको मेरो अति शुभचिन्तक । सहनै नसक्ने गरी ७ वर्षको छोराको मृत्यु भयो बज्रपात । जस्तो परे पनि सहनै पर्ने र बुझाउनै पर्ने मनलाई । भोलिको भविष्य र थप सन्तानको आशा र भरोसामा अड्याउनु पर्ने मायाँजाल । 

घरबाट निक्लिनासाथ बाटोमा भेटभयो मर्निङ वाकमा हिड्नुभएका नगर सभापति प्रकाश श्रेष्ठ, भाउजु विनिता, क्षेत्रीय सभापति दिनेश घिमिरे, नेकपा एमालेका नेता रामप्रसाद दंगाल पनि । दुर्घटना भएको दशौँ दिन भएकोले सो दिन भेटिएका सबैको रहेछ त्यतै जाने  सोँच । हामी राजनीति र नगरको उन्नयनका विषयमा गयौँ कुरा गर्दै खाल्ले घटना स्थल तर्फ । सामुहिक भेट्यौँ र सहानुभूति प्रकट गर्दै दीपकजीको घरबाट हिड्यौँ विहान ६.४५ बजे । अहिले स्वास्थको ख्याल गरेर विहानै हिड्नेको संख्या बढेकोछ दिक्तेलमा । दर्जनौँ अन्य मानिस र भेट्यौँ प्रजिअ शिवकुमार कार्की र प्रनाउ प्रतिक विष्टलाई समेत मर्निंग वाकमा  । मैले विहान ७.०० बजे नगरमा पुग्नु थियो सानो बैठकमा । खोटाङका अग्रज अधिवक्ता नारायणदास राई, समाविका प्रअ शिवहरी ढकाल, शिक्षा शाखाका सुवास राई र कमल पोख्रेल जम्मा भएका थियौँ त्यहाँ । प्रअ छनौट र आवश्यक कानुनी प्रक्रियाका विषयमा थियो छलफलको एजेन्डा । छलफल चलिरहँदा छोरो अध्ययनलाई फेन्ट होला जस्तो भएको जनाउ दिएपछि सोफामा सुताएँ मैले । शरीर रन्किएको, जिउ र टाउको आगोको भुंग्रो जस्तो तातो पाएं मैले । संक्षिप्तमा कुरा टुंग्याएर हामी उठ्यौँ नगरबाट । सबैसग बिदा भएर शनिवार विहान ८.०० बजे चिरन्जिवीजी, निश्चलजी र म गयौँ अध्ययनलाई लिएर जिल्ला अस्पताल । इमरजेन्सीमा चिकित्सक तथा स्वास्थकर्मी विरामीको सेवामा जुटी रहनुभएको थियो । त्यहकका पुगेर जाँच गर्दा १०२ डिग्री रहेछ तापक्रम । भाइरल ज्वरोको अनुमान गर्नुभयो स्वास्थकर्मीले । अध्ययनको ज्वरो बढ्ने÷घट्नेक्रम भएकोले केहीँ क्षणमा नै १०४ भएको संकेत ग–यो उपकरणले । काम ज्वरोको प्रकोप । हेर्दाहेर्दै अध्ययनलाई बनायो सिकिस्त । नगरका स्वास्थकर्मी सन्तोष दहाल, बाजेन्द्र कोइरालाले त्यहाँ आएर राम्रो गर्नुभयो सहयोग । राउन्डमा डा. पुष्कल राई र डा. चतुरानन्द यादव आउनुभयो । शालिन र विज्ञ चिकित्सक भित्र पर्नुहुव्छ दुवै जना । सिष्टर गोमा गेलाल र स्वास्थकर्मी रोशन पोखरेलले जककाच गर्नका लागि इमर्जेन्सिमा पु–याउनुभयो मद्दत । उहाँहरू दुबै चिकित्सकको सल्लाह र सानोमा लामो उचारपछि मात्रै पुनर्जन्म पाएको हुँनाले अध्ययनको थप विशेषज्ञ उपचारका लागि लगियो काठमाडौँ ।

जिल्ला अस्पतालमा गरिने रगतको गरायौं जाँच । प्लेटलेट घट्न शुरूभएको र डब्लुबिसीमा पनि देखियो सामान्य समस्या । त्यहकका दिनुभएको औषधि खाए अध्ययनले । अस्पतालमा विरामी लिएर आउने जिल्लाभरीका दर्जनौं नागरिक भेटभयो । स्वास्थकर्मी तथा चिकित्सकले आफ्नो बुद्धि, विवेक र भएका उपकरणको उपयोग गर्दै नागरिकलाई सेवा दिई रहनुभयो । अस्पतालको भौतिक पूर्वाधार र सेवा विस्तारमा ध्यानदिन सुझाउनुभयो प्रायः सबैले । निर्माण व्यवसायीको ढिला सुस्तिको कारण गतवर्ष सम्पन्न भै सक्नुपर्ने अस्पताल भवन यो वर्ष सम्पन्न हुने चरणमा छ । हामीलाई आशा छ अब छिट्टै नै जिल्लामा ५० सैयाको अस्पताल शुरूवात  भई विशेषज्ञ सहितको सेवा नागरिकलाई उपलब्ध हुनेछ ।र सानोसानो उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट हामी खोटाङेले पाउने छौँ— मुक्ति । हामी १.३० बजे दिक्तेलबाट हिंडेर 

राति १०.३० बजे पुग्यौँ काठमाडौं । कुमारीजी कान्तिवाल अस्पतालमा लेखाको कर्मचारी भएकोले बच्चा विरामी हुँदा उपचारमा सहयोग पुग्छ । चिनजानका कारण चिकित्सक र स्वास्थकर्मीले नजिकबाट नियालिदिनुहुन्छ विरामीलाई । त्यहाँबाट राति नै टिचिङ अस्पताल पुगेर सबै जाँच गरायौँ छोराको । कल्चर जाँचको रिपोर्ट आउन ७२ घण्टा लाग्ने भएकोले प्रतिक्षामा बस्यौँ । प्लेटलेट सामान्य भन्दा धेरै घटेको, ब्लड इन्फेक्सन र डब्लुविसीको घटबडको औषधि लिएर राति अवेरसम्मको उपचार र जाँचपछि फर्कियौँ हामी । डेरा पेरिफेरीमा चिकित्सक र स्वास्थकर्मी बस्नुहुने भएकोले अस्पतालमै बसेको हुन्छ अनुभूति । २४ घण्टे सेवा पाइन्छ निवासमा नै । 

अध्ययनको लगातारको उपचारबाट पनि घटबढ भइ रहेको स्वस्थ अझैसम्म पनि पूर्ण ठीक भएको छैन अध्ययनलाई । औषधी निरन्तर खाई रहेका छन् चिकित्सकको विशेषज्ञ सल्लाहबाट । उनी विरामी भएपछि वाल्यवस्थाको उनको पीडादायी र संघर्षपूर्ण उपचार विधिले हामीलाई झस्काई रहन्छ सधैँ । छोराको स्वास्थ प्रति चासो दिएर भेट्नुहुने, प्रत्यक्ष/अप्रत्यक्ष सल्लाह, सुझाव र शुभेच्छा राख्नुहुने सबै शुभचिन्तकप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । मानवीय संवेदना विर्सिएर यदाकदा नगर प्रमुखको मेरो जिम्मेवारीसँग जोडेर मौकाको फाइदा उठाउँदै आलोचना गर्ने मित्रहरूप्रति पनि साधुवाद प्रकट गर्दछु । सस्तो लोकप्रियता वा मानवीय संवेदनालाई जोडेर सामाजिक सञ्जालको उच्चतम दुरूपयोग नगर्नु नै बुद्धिमता हुन्छ भन्ने स्पष्ट धारणा छ मेरो उहाँहरूलाई । जेहोस् सबैको भलो होस्, सुख होस् भन्दै यसै आलेख मार्फत दीपावली, नेपाल संवत् तथा छठको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।   
 [२०८१ कार्तिक १४, काठमाडौँ ।]
 

(लेखक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ )
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शहिद दिवसको अवसरमा...

हलेसीनयुजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबजारमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा अप्रेशन सहित निःशुल्क आँखा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजारमा “मुन्दुम सँस्कृति र यसको...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको समग्र पर्यटन विकासका लागि पदमार्गको पहिचान...

हलेसीन्युजडेस्क, खोटाङ / गजलकार कृष्ण काश्यपको गजल संग्रह ‘शराब’ माथि विमर्श...

Horoscopes Icon

All Horoscopes