बैशाख ०७, २०८० , Rawabesi Rum
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावा बेसी गाउँपालिकावासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका छन् । गाउँपालिकाले काठमाण्डौं मेडिकल कलेजसँगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा पालिकावासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका हुन् ।
गाउँपालिकाको केन्द्र हरमटारमा बुधबार भएको स्वाथ्य शिविरमा ५ सय ११ जनाले सेवा लिएका छन् । सेवा लिनेहरुमा २ सय ६५ महिला र २ सय ४६ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कौसल अधिकारीले जानकारी दिनुभयो । उनिहरुको जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग र मुटु रोग गरी १४ प्रकारका रोगहरुको उपचार तथा पहिचान गरिएको छ ।
रोगको सामान्य अवस्थामा रहेका सेवाग्रहीहरुको शिविरमै उपचार गरिएको छ । जसका लागि शिविरमा औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो । रावा बेसी गाउँपालिकाका सबै भूगोलसँगै छिमेकी पालिका ऐँसेलुखर्क गाउँपालिकाका नागरिकलेसमेत शिविरमा स्वास्थ्य सेवा लिएका छन् ।
ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मले सेवा लिएको निःशूल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै काठमाण्डौं मेडिकल कलेजबाट आएका २६ जना चिकित्सकको टोली खटिएका थिए । सामान्य रोगको शिविरमै औषधी उपचार गरिएको र जटिल रोग देखा परेकाहरुलाई काठमाण्डौं मेडिकल कलेजमा शल्यक्रियासहितको निःशूल्क उपचार गर्ने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । काठमाडौं लगेर उपचार गर्नुपर्ने जटिल रोगहरु पहिचान भएकाहरुको अध्ययन चिकित्सकको टोलीले गरिरहेको उहाँको भनाइ छ ।
‘शिविर भन्नाले सबै रोग यहि निको हुन्छ भनेर बुझ्नु हुँदैन, यहाँ परिक्षण मात्र गरिएको हो । सामान्य रोग देखिनेहरुको यहि उपचार गरिएको छ ।’ उहाँले भन्नुभयो,‘अब जटिल रोग देखिएकाहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशूल्क उपचार हुन्छ ।’
शल्यक्रिया लगायत अस्पतालमा गरिएको उपचार निःशूल्क हुँदा बाहिर खरिद गर्ने औषधी स्वयं ब्यक्तिले गर्नु पर्ने सम्झौता भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । तर काठमाडौंसम्म आवतजावत एवम् औषधि खरिद गर्न नसक्ने आर्थीक अवस्था भएकाहरुलाई गाउँपालिकाले उक्त व्यवस्था गरिदिने उहाँले बताउनुभयो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।