फागुन २०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसीतुवाचुङ नगरपालिकाको वडा नं. १० अर्खौले कामीडाँडामा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु हुन गएको छ ।
दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१७–००६ ख २४०२ नम्बरको टिपरले स ९ प १२१२ नम्बरको मोटरसाइकललाई आइतबार अर्खौलेको कामीडाँडामा ठक्कर दिँदा उक्त मोटरसाइलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारस्थित देविटारका २५ वर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक पदम कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका टंकल मङ्गलटारबाट हलेसी हुँदै दिक्तेल जानेक्रममा दुर्घटनामा परेको बताइएको छ ।
घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी कार्कीले बताउनुभयो ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय हलेसीको टोली घटनास्थलमा पुगेको जनाइएको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।