पौष २५, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको खोटेहाङ गाउँपालिका वडा नं. ७ स्थित पुराना गाउँमा एक्जनाको घर तथा बस्तुवाख्रा बाँधिएका कटेरामा आगलागी हुँदा लाखौँको क्षति पुगेको छ । खोटाङवजार पुराना गाउँका तुलसीराम चौलागाईको घर कटेरामा हिजो वेलुकी अन्दाजी ६ वजे आसपास आगलागी हुदा अन्न, सुनचाँदी गरगहना, लत्ता कपडा भाडाकुडा लगायत ४२ वटा खशी वाख्राहरु जलेर नष्ट भएको स्थानीय छिमेकी देवचन्द्र ढकालले बताउनुभयो ।
तुलसीराम छिमेकीहरुसँग साना सिँचाईका विषयमा छलफल गर्न सावाखोलामा झरेका थिए । घरमा उनकी पत्नि र सानो छोरा मात्र रहेको अवस्थामा साँझ परिसकेकको वेला घर तथा कटेरोमा आगलागी भएको छिमेकी ढकालले बताउनुभयो । आगलागीको खवर पाउनेसाथ पालिकाबाट दमकल पठाइएको भए पनि दमकल घटनास्थलमा पुग्दा आगलागीबाट धेरै क्षति पुगिसकेको थाहा भएको छ । दमकलको सहयोगमा आगो निभाइएको थियो । आधा जलेको अवस्थामा बाँधिएको भैसीलाई भने बचाइएको थियो ।
आगलागीका कारण तुलसीरामको २५ लाखभन्दा वढी क्षति भएको हुनसक्ने ढकाल बताउनुहुन्छ ।
आगलागीको अनुसन्धानका क्रममा स्थानीय एक युवालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !