बैशाख २९, २०८१ , खोटाङ
निवर्तमान अध्यक्ष टेकेन्द्र राईको नेतृत्वतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ यातायात व्यवसायी संघको दशौँ साधारण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । खोटाङ यातायातका अध्यक्ष टेकेन्द्र रार्ईको सभापतित्व तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख अतिथ्यतामा शुक्रवार उद्घाटन भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकोे खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनु भयो ।
साधारण सभा तथा छैटौँ अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न वक्ताहरुले अधिवेशनको सफलताको कामना गर्दै आगामी दिनमा यातायात व्यवसायलाई थप भरपर्दो र सर्वसुलभ बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्लाका पत्रकारद्धय चिसाङ शेर्पा र सविना अछामेलाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यस्तै यातायात व्यवसायलाई शुरु देखि नै योगदान पुराउने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
उद्घाटन कार्यक्रम सकिए लगत्तै नेतृत्व चयनका लागि बन्द शत्र शुरु भएको थियो ।
शुक्रवार राती अवेर सम्म भएको छलफल बाट नयाँ नेतृत्व चयन गरिएको छ । निवर्तमान अध्यक्ष टेकेन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थाहा भएको छ ।
उपाध्यक्षमा फडिन्द्रकुमार राई, उपाध्यक्षहरुमा मिलन विश्वकर्मा र कान्छा कार्की, महासचिवमा राम हिङमाङ, कोषाध्यक्षमा गोविन्दबहादुर कटवाल सर्वसम्मत चयन हुनुभएको जनाइएको छ । यस्तै सदस्यहरुमा सन्तोषी राई, अर्जुनकुमार राई, विजय राई, गिर्वाण श्रेष्ठ, सुनिल नेपाली, बमबहादुर दर्जी र एकराज पोखरेल छानिनुभएको छ ।
नवगठित कार्यसमितिले आगामी ३ वर्षका लागि खोटाङको यातायात व्यवसायलाई संस्थागत नेतृत्व दिने बताइन्छ ।
[ यो पनि-खोटाङ यातायात प्रालिको दशौँ साधारण सभा तथा छैटौँ अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न }
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान