श्रावण २०, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकास्थित प्रशिद्ध कालिका भगवती देविथान मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूले वर्षौंदेखि चढाएको घण्टीहरुको गणनासँगै थप व्यवस्थापन गरिने भएको छ । ऐतिहासिक तथा धार्मिकस्थल मझुवागढी कालिका देविस्थानमा पुगेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईको अग्रसरता तथा स्थानीयवासीको सहयोगमा मन्दिर परिसरमा वर्षौदेखि भक्तजन दर्शनाथीहरुद्धारा चढाइएका घन्टिहरुको आज गणना सँगै चाँडै तिनीहरुको ब्यबस्थापान गरिने नगर प्रमुख भट्टरार्ईका स्वकीय सचिब चिरञ्जीवी खतिवडाले जानकारी दिनुभएको हो ।
८२ देखि ८५ वर्ष अगाडि भक्तजनले चढाएका घण्टीहरु कालिका भगवती मन्दिरमा अव्यवस्थित ढंगले राखिएको थियो । मन्दिरमा १८५६ थान साना ठूला घण्टीहरू भेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भएको छ । सबै घण्टीहरुलाई देविथान जाने सिढीको अगल वगलमा व्यवस्थित रुपमा मिलाएर राखिने समेत उहाँको भनाई छ ।
आज मन्दिर परिसरमा नगरपालिकाका प्रमुख तिर्थराज भट्टरार्ई, वडा न.ं५ का वडा अध्यक्ष दिनेश घिमिरे वडा नं.१ का वडा अध्यक्ष नवराज राई, नगरपालिकाका नगर राजनितिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर बम, रेडक्रस मन्त्री छत्रकुमार बजिमय, बैक चौक टोल सुधार समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठ र पुर्ब अध्यक्ष लिला कुमार बजिमय लगायत अन्य जनसमुदायको उपस्थिति रहेको थियो ।
मझुवागढी–कालिका देविस्थानलाई ‘फूलै फूलको पहाड’ बनाउने अभियानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा निरन्तरता दिइदै बिभिन्न प्रजातिका फूलका बिरुवाहरु पनि रोपिने काम भैरहेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !