असार २२, २०८१ , Koshi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको बुइपास्थित यलम्वर रंगशालामा आषाढ २० गतेबाट शुरु भएको कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता निरन्तर वर्षादका कारण प्रभावित भएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भैरहेको खेल प्रतियोगिताको तेश्रो दिन शनिबार विहानै देखि परेको वर्षादका कारण प्रभावित भएको हो ।
खेल तालिकाअनुसार शनिबार दिउँसो १ः०० बजेका लागि तय गरिएको समूह चरणअन्तरगत भोजपुर र मोरङबीचको पहिलो खेल वर्षा भइरहेकै समयमा साँझ सम्पन्न गरिएको छ । दिउँसो करिब ४ः०० बजेबाट शुरु गरिएको प्रतियोगितामा निर्धारित समयमा दुवैतर्फको एक÷एक गोल भएपछि ट्राइब्रेकरमार्फत मोरङ विजयी भएको छ ।
दिउँसो ३ः०० बजेका लागि तय गरिएको झापा र तेह्रथुमबीचको दोस्रो खेल साँझ ६ः०० बजेबाट शुरु गरिएको थियो । निर्धारित समय सकिन १८ मिनेट बाँकी हुँदा भारी वर्षा र बाक्लो कुहिरो लागेपछि खेल स्थगित गरिएको जनाइएको छ ।
शनिवार दिनभरि वर्षा भइरहदा निर्धारित शेड्युल अनुसार खेल सञ्चालन गर्न समस्या भएको थियो । सामान्य पानी परिरहकै समयमा सञ्चालन गरिएको प्रतियाृगितामा झापा दुई गोलले अगाडि रहेको थियो । अविरल वर्षाका कारण स्थगित भएको बाँकी समयको खेल आज आइतबार बिहान ७ः०० बजेबाट सञ्चालन गरिने भनिए पनि आज पनि मौसम अनुकूल नहुने सम्भावना रहेको देखिन्छ ।
आषाढ २० र २१ गते मौसमले साथ दिएको हुँदा खेल अगाडि बढाउन समस्या नपरेको आयोजक बताउँछ । हालसम्म प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुङ्गा र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार आयोजना गरिएको क्वाटर फाइनलको खेलमा ओखलढुङ्गाले ईलामलाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको शुक्रबार नै सम्पन्न समूह चरणको खेलमा मोरङले पाचथरलाई शून्यका विरुद्ध एक तथा तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले नै पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैंयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । असार–२५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यागततर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको यलम्वर रंगशालामा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।
तर मध्य वर्षादको समयमा प्रतियोगिताको आयोजना गरिने भएकोले शुरुदेखि नै मौसम प्रतिकूल हुने आशंकामा खेलप्रेमीहरु चितिन्त रहदै आएकाथिए ।
[ यो पनि-खोटाङमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदै ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !