श्रावण ०६, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले कालिका भगवती तथा मझुवागढी वरपर विभिन्न फूलहरुको विरुवा रोप्ने क्रमलाई अभियानको रुपमा अगाडि वढाउदै उक्त क्षेत्रलाई प्राकृतिक शौन्दर्यकरण गराउन सरसफाईको काम पनि गरिदैछ । फूलको विरुवाहरु सुरक्षित ढंगले रोप्न र हुर्कन सहज वातावरण उपलव्ध गराउन दिक्तेल हाटडाँडादेखि देविथान तथा मझुवागढी जाने सिँढी वरिपरि तीन मिटरको दूरिमा झारपात र ससाना बुट्यानहरु हटाउदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहजिकरणमा श्रावण ४ गते सरसफाईको काम गरिएको हो ।
देविथान तथा गढी जाने सिँढी वरिपरि सार्बजनिक स्थलमा हुने गरेको फोहोर मैला ब्यबस्थापनमा नगरपालिकाले विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालय एवं संघ संस्थाहरुसँग समन्वय गर्दै सरसफार्ई गरेको हो । सरसफाई कार्यक्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्ठरार्ई, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ , सशस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, देविस्थान सामुदायिक वन उपभोक्ता समूह, सम्पूर्ण कार्यपालिका सदस्य, नेवारी गुठी, नगरपालिकाका कर्मचारीहरुको उत्साह जनक उपस्थिति रहेको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका श्रोतले जनाएको छ ।
नगरपालिकाले धार्मिक, ऐतिहासिक तथा पर्यटन प्रवद्र्धनका साथै आन्तरिक श्रोत निर्माणको लागि कालिका भगवती तथा मझुवागढी परिसरलार्ई फूलै फूलको पहाड बनाउने लक्ष्य लिएको नगरप्रमुख भट्टराई भन्नुहुन्छ । गत वर्ष पनि मझुवागढी र कालिका देविस्थान क्षेत्रमा फूल र विभिन्न जातका विरुवाहरु रोप्दै सो क्षेत्रलाई फूलैफूलको पहाड बनाउने संकल्प गरिएको थियो । नगरपालिकाले मझुवागढी तथा कालिका देविस्थानलाई फूलैफूलको पहाडको रुपमा प्रवर्द्धन गर्दै त्यहाँको शौन्दर्यकरणलाई जोड दिदै आएको छ । फूलैफूलको पहाड बनाउने अभियान अन्तर्गत श्रावण ४ गते पनि देबिस्थान जाने बाटो परिसरमा फुल रोप्नका लागि सो क्षेत्र जाने बाटोमा झाँडी र पोथ्रापोथ्री बुट्यानहरु फाँडेर सफा गरिएको हो । सरसफाईको क्रममा अत्यधिक मात्रामा खैनी गुट्खाका खोल र प्लास्टिक जन्य बस्तुहरु फेला परेको थियो ।
त्यस्तै सरसफार्ई कार्यक्रममा नगरप्रमुख भट्ठरार्ईले सरसफाई अभियानलाई निरन्तरता दिइदै सफा नगर÷समृद्ध नगरको अवधारणा साकार बनाउने र कालिकाभगवती तथा मझुवागढी परिसरलार्ई प्राकृतिक शौन्दर्यकरण गराउदै फूलै फूलको पहाडका रुपमा प्रवद्र्धन गरिने बताउनु भएको छ । पछिल्लो समय नगरपालिका भित्रको सार्बजनिक स्थलमा अत्यधिक फोहोर बढेको भन्दै अब त्यसप्रति सजग हुन सबै नगरवासीमा आग्रह समेत गर्नुभयो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।