असार ०५, २०८० , Rawabesi Rum
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको राँवाबेसी गाँउपालिका स्थित रावाखोलामा अचानक आएको भिषण वाढीका वीच अलपत्र परेको ट्याक्टरको उद्धार गरिएको छ । स्थानीय कककुमार रार्ईको ट्याक्टर खोलामा बालुवा भर्ने क्रममा अकस्मात माथिबाट आएको भिषण बाढीले घेरिएर खोलाको वीचमा अलपत्र पर्दा रावावेशी गाउँपालिका अध्यक्ष फटिकुकमार श्रेष्ठ, अस्थायी प्रहरी चौकी हरमटारका सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सोमवार राती करिब ११.३० वजे उद्धार गरिएको अध्यक्ष फटिककुमार श्रेष्ठले हलेसी एफएमलाई जानकारी दिनु भयो ।
रावावेशी गाउँपालिका १ कुभिण्डेमा रहेको रत्नराज्य आधारभुत बिध्यालयको भबन मर्मतका लागि आवश्यक पर्ने वालुवा लिन रावाखोलामा गएको ट्याक्टरसँगै चालक र सहचालक अकस्मात खोलामा वाढी आउँदा विचल्लि परेका थिए । पालिका अध्यक्ष श्रेष्ठ तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा कक्कुमारकै जेसिभि प्रयोग गरी विचल्लि परेका चालक, सहचालक तथा ट्याक्टरलाई खोलाबाट बाहिर निकालिएको थियो ।
यो वेला वाढी पहिरोबाट सबै सचेत रहनु पर्ने कुरामा जोड दिदै अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ -‘यति बेला सबै तिर बाढी पहिरोको जोखिम छ । राँवाबेसी गाँउपालिकाका जानताहरुलार्ई सावधानी रहन अनुरोध गर्छु । वाढी पहिरो कतिखेर आउछ केही भन्न सकिँदैन । चीन, अमेरिकाले त यी ठाउँमा बाढी पहिरो आउँछ भनेर पहिला नै भन्न सकेको छैन । हामी त बरू तीन दिन पहिलै यी ठाउँहरूमा भारी वर्षाको सम्भावना छ, सचेत हुनु है भन्छौँ, सचेत हुने आधार नै ठूलो कुरा हो ।’ उहाँको गुनासो छ -‘वर्षेनि बाढी पहिरोबाट ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । तर यसको रोकथामको लागि राज्यबाट ठोस योजना अझै बन्न सकेको छैन ’
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !