जेठ ०४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम सञ्चालन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१दिक्तेलबजारस्थित हिमालयन आर्ईटि इन्स्टिच्युटको आयोजना र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेल खोटाङको सहयोगमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम जेष्ठ ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने हिमालयन आर्ईटि इन्स्टिच्युटका अध्यक्ष अजय बस्नेतले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
इन्स्टिच्युटका अध्यक्ष बस्नेतका अनुसार बिशेष गरेर जिल्लामा रहेका मिडियाकर्मी र मिडिया ब्यवसायीहरु तथा यो क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि यो तालिम महत्वपूर्ण रहनेछ । पछिल्लो समयमा सुचना प्रविधिको बढ्दो लोकप्रियता र डिजिटल नेपालको परिकल्पनालाई सफल बनाउन यो माध्यमबाट नवीनतम प्रविधिको सदुपयोग गरी सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा समयानुकूल काम गर्ने सिप र क्षमता अभिवृद्धिका लागि यस्तो तालिम सहयोगी हुने उहाँको कथन छ । डिजिटल प्रविधिमा यो तालिमलाई आधारभूत तहको रुपमा मानिन्छ तर आगामी दिनमा एडभान्स तालिमहरु पनि हिमालयन आर्ईटि इन्स्टिच्युटले सञ्चालन गर्ने सोँच रहेको उहाँले बताउनुभयो ।
जेष्ठ ५ गते शनिवारदेखि १० दिनसम्म सञ्चालन हुने फोटोग्राफी तथा सिनेअटोग्राफी तालिमका लागि घरेलु तथा साना उध्योग कार्यालय दिक्तेल खोटाङले रु. १ लाख ५० हजार रकम वजेट उपलव्ध गराउने जनाइएको छ ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई तथा फिल्म ईन्डस्ट्रीका बरिष्ठ कलाकार सुनिल थापाद्धारा फोटोग्राफी तथा सिनेअटोग्राफी आधारभुत तालिमको शनिवार संयुक्त रुपमा उद्घाटन हुने जनाइएको छ । सिने जगतका वरिष्ठ कलाकार थापाका साथ बरिष्ठ छायाँकार गौरी शंखर धुजु पनि दिक्तेल आउनु हुने जनाइएको छ ।
२५ जना प्रशिक्षार्थीहरु सहभागी रहने तालिमको सहजिकरण काठमान्डौबाट आउनुहुने एभरेष्ट फिलिम एकेडेमिले गर्ने बताइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।