चैत्र १४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकबाट विभिन्न महत्वपूर्ण निर्णय पारित भएको छ । बृहत विराट क्षेत्रको अवधारणा अनुसार प्रदेशको राजधानी विराटनगर घोषणा गरे पनि त्यसको प्रत्याभूत नभइरहेका बेला मुख्यमन्त्री कार्कीको नेतृत्वमा पहिलो पटक मङ्गलवार धनकुटामा मन्त्रिपरिषदको बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयहरु पारित भएको हो ।
संविधानसभाका सदस्य समेत रहेका मनोहर नारायण श्रेष्ठले धनकुटा व्यवहारमै प्रदेशको राजधानी महसुस भएको भन्दै यसबाट सम्पूर्ण धनकुटावासी हर्षित बनेको विचार व्यक्त गर्नुभएको छ ।
२०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले धनकुटामा सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्रिपरिषद्को बैठक बस्ने र महत्वपूर्ण निर्णय गरिने जनाउनुभए पनि उक्त कार्यालयमा बैठक भने बसेको थिएन । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री नियुक्त भएसँगै धनकुटामा मन्त्रिपरिषदको बैठक राखी अब सम्पर्क कार्यालयबाट पनि जनताका काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
धनकुटामा बसेको मन्त्रिपरिषदको बैठकबाट स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा बिदाइ गर्दा प्रदान गरिने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने निर्णय पारित भएको जनाइएको छ । त्यसैगरी खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने निर्णय समेत गरिएको मुख्यमन्त्रि कार्यालयले जानकारी गराएको छ ।
मन्त्रि परिषदको बैठकले अब मन्त्रिपरिषद्को बैठक महिनाको एक पटक धनकुटामा बस्ने निर्णय समेत भएको जनाइएको छ ।
मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको थियो । बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समिति समेत गठन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री कार्कीले सोही क्रममा धनकुटामा रहेका सरकारी निकायका प्रतिनिधिलाई जनताका चाहानाअनुसारका काम गर्न निर्देशन समेत दिनुभएको जनाइएको छ । मुख्यमन्त्री कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीे १५ दिनभित्र त्यसको खाका तयार गरेर ल्याउन निर्देशन दिनुभएको छ । ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन नसकिरहेको अवस्थामा मूख्यमन्त्रि कार्कीले निश्चित सअ्मयावधि ताृकेरै खाका बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो—‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’
मुख्यमन्त्री कार्की सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठसँग आशीर्वाद लिई विराटनगर फर्किनुभएको छ ।
[ यो पनि--धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी }
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।