जेठ २४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
कोशी प्रदेश सरकारबाट अन्ततः माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । सरकार छाड्ने माओवादी केन्द्रका निर्णयसँगै सो दलका तर्फबाट सरकारमा सामेल भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिनुभएको हो ।
मंगलबार माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि उहाँहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउनुभएको हो ।
माओवादी केन्द्रले सरकार छाडेपछि कोशी सरकार अल्पमतमा परेको छ ।९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तर हाल सरकारमा रहेका दुई दल नेकपा एमालेसँग ४० र राप्रपासँग ६ गरी ४६ सांसदमात्र छन् । त्यस्तै सरकारबाट बाहिर रहेका नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । यसरी उनीहरुसँग पनि हाल ४६ सांसद मात्र देखिन्छ । माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख भएकाले तटस्थ भूमिकामा छन् । गत ४ मंसिरको चुनावबाट बनेको प्रदेशसभामा दलहरुको उपस्थितिका कारण कुनै पनि पक्षको सहज बहुमत देखिन्न ।
सरकार अल्पमतमा परेपछि सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम नै पेश नगर्ने स्थितिमा पुगेको छ । सभामुख बाबुराम गौतमले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिदिनुभएको छ । प्रदेश सरकारले १ असारसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।