जेठ २८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क,खोटाङ
खोटाङमा प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्दार, राहत तथा पुनःस्थापना कार्य प्रभावकारी गराउन कसरी सम्भव हुन्छ भन्ने प्रत्यक्षतः अनुभूत हुने गरी नमूना प्रदर्शन गरिएको छ । रणभीम गण मुडे ब्यारेक खोटाङका नेपाली शेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नं. ७ गुल्म हलेसीका सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोशाइटीका रेडक्रसकर्मी, स्थानीय जनप्रतिनिधिहरु, सामुदायिक वनका पदाधिकारीहरु लगायत स्थानीयवासीहरुको संयुक्त सकृय सहभागितामा जेष्ठ २७ गते आइतवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नंं ४ खाल्लेस्थित दिक्तेल–आहाले सडकखण्डमा नमूना अभ्यास प्रदर्शन गरिएको हो ।
संयुक्त उद्दार टोलीले मनसुनजन्य प्राकतिक विपत्तिका वेला पहिरो, खोँच तथा खोलामा फसेका सर्वसाधारणको उद्दार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म पु-याउन अपनाइने विधिका बारेमा अभ्यास (डेमो) प्रदर्शन गरेका छन् । नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी खोटाङको संयुक्त उद्दार टोलीले अभ्यास प्रदर्शन गरिहँदा स्थानीयवासीहरुले ध्यानपूर्वक हेरिरहेका देखिन्थे ।
यसरी संयुक्त उद्दार समितिले प्रदर्शन गरेको अभ्यासले सर्वसाधारणलाई समेत सचेत रहन तथा उद्दारमा संलग्न हुनुपर्ने ज्ञान प्राप्त भएको बताइन्छ ।
अवलोकन गरिहेकाहरुका अनुसार संयुक्त उद्दार टोलीले गरेको अभ्यास प्रदर्शन अत्यन्त प्रभावकारी र अनुकरणीय रहेको थियो ।
जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकायका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित
पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयहरु, नेपाल पत्रकार महासंघ, गैंरसरकारी संस्था र उद्योग वाणिज्य संघ रहने छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ को बैठकले कोशी प्रदेश मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जनाएको छ । सरकारले आउँदो मनसुनका कारण हुने विपदमा उद्धार तथा राहत वितरणका लागि करिब ३० हजार सुरक्षाकर्मी खटाउने तयारी गरेको जनाएकोछ ।
विपद प्रतिकार्य कृत्रिम घटना अभ्यासका केही झलकहरु
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।