भदौ ३०, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ स्थित मझवागढी देविस्थान परिसरमा कलात्मक प्रवेशद्धारको उद्घाटन गरिएको छ । वडा नं. ५ लफ्याङ कटुवालगाउँ निवासी मानबहादुर कटवालकी धर्मपत्नि स्वर्गीय मनमाया कटवाल, वुहारी स्वर्गीय तारा कटवाल र छोरी स्वर्गीय बेदमाया कटवालको स्मृतिमा उहाँहरुको परिवारबाट मझुवाकालिका देविथान तथा बुद्धेश्वर गुफा परिसर प्रवेश गर्ने मार्गमा निर्माण गरिएको प्रवेशद्धारको आज एक धर्मिक अनुष्ठानका वीच नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई तथा विशिष्ट अतिथिहरुले सामुहिक रुपमा उद्घाटन गर्नुभएको हो ।
विक्रम सम्वत २००६ साल फागुन ११ गते जन्म भै विक्रम सम्वत २०४६ जेष्ठ १४ गते दिवंगत हुनुभएकी मनमाया कटवाल र दिवंगत हुनुभएका बुहारी तारा तथा छोरी बेदमायाका सम्झनामा परिवारका सदस्यहरु छोरा बुहारी युवराज /गीता, किर्ती/मन्जु, भिमबहादुर/टंकमाया एवं पोस्तक/ दिलकुमारी कटवाल, छोरीजवाईहरु बेदमाया/नन्दप्रसाद खड्का, वालकुमारी/दिपक खड्का, खड्गकुमारी(रिता)/उमेश दाहाल तथा नाती नातिनी समेतले नगरपालिका तथा वडासँग समन्वय गरेर बुद्धेश्वर गुफा प्रवेश गर्ने ठाउँमा स्वागत प्रवेशद्धारको निर्माण गर्नुभएको हो ।
आज भएको उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिलाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, जिल्ला विकास समितिका पूर्व सभापति विष्णुकुमार राई, सुरक्षा निकायका प्रमुखहरु, वडा नं. ५ का वडा अध्यक्ष दिनेश कुमार घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघका सदस्य राजेन्द्र राई , नगरपालिका सदस्यहरु अन्जना बस्नेत, मिना कार्की, ५ नं वडासदस्यहरु पहाडजित राई, गोविन्द कटवाल, पूर्ववडासदस्य वालाराज कटवाल, समाजसेवी नरेश कटवाल, सञ्चारकर्मी लगायत स्थानीय वासीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।