भदौ ३०, २०८१ , Khotang
हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरिरहेका छौं । आफ्नो पेशा र व्यवसायबाट समय निकालेर देशको नामलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन केही न केही गरिरहेकै हुन्छौं । विशेषतः हामीले भलिबलमार्फत नेपालको नाम चिनाउने प्रयास गरिरहेका छौं । सन् २०२० मा समाजसेवी एवं पर्यटन व्यवसायी दिलकुमार घमालको अग्रसरतामा स्थापना भएको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) मार्फत नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार र प्रवद्र्धनमा लागि परेका छौं । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले स्थापनाको छोटै समयमा निकै उपलब्धि हासिल गरेको छ ।
एनईएससीमार्फत युरोपमा छरिएर रहेका नेपालीलाई एकताको सूत्रमा बाँध्ने कार्य पनि भइरहेको छ । एनईएससीले भलिबल प्रतियोगितासँगै आपसी सद्भाव र एकताका लागि विभिन्न समयमा वनभोजका साथै सांस्कृतिकसमेत गर्दै आएको छ । केही समयअघि वनभोजसँगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनईएससीले युरोपका विभिन्न मुलुकमा भएका भलिबल प्रतियोगितामा सहभागिता जनाएको छ । ती प्रतियोगितामा एनईएससीमार्फत नेपालको उपस्थिति भएको मैले ठानेको छु ।
यही सेप्टेम्बर ७ मा भियनामा भएको भलिबल प्रतियोगितामा पनि एनईएससीले उच्च मनोबलका साथ सहभागिता जनाएको छ । सहममा स्पोर्ट्स क्लब तथा कल्चर संघले आयोजना गरेको प्रतियोगितामा समस्त नेपाल र अस्ट्रियामा रहनु भएका नेपालीहरूको प्रतिनिधित्व एनईएससीले सहभागिता जनाएको छ । १६ वटा देशले भाग लिएको प्रतियोगितामा अत्यन्तै उत्साहका साथ हाम्रो क्लब एनईएससी सहभागी भएको थियो । सो प्रतियोगितामा नेपाल सबैभन्दा बलियो समूहमा परेको थियो । स्वीजरल्याण्ड, बेल्जियम, अष्ट्रिया र नेपाल एउटा समूहमा परेका थिए । यही समूहको स्वीजरल्याण्ड पहिलो विजेता र बेल्जियम चौथो भए ।
हाम्रो पहिलो खेल नै प्रतियोगिता विजेता स्वीजरल्याण्डसँग पर्यो र दुवै टिम राम्रो बलियो आकर्षक खेल, कडा प्रतिस्पर्धा देखिएकाले हेर्ने दर्शक र अन्य टिमले प्रशंसा गरेका थिए । हाम्रो टिमलाई फाइनल पुग्ने टिम भनेर सबैले बधाई पनि दिए । राम्रो खेल भए पनि एनईएससी १८–२१ र १७–२१ मा हार व्यहोर्न बाध्य हुनु पर्यो । दोस्रो खेल अष्ट्रियासँग राम्रो खेल प्रदर्शन गरी २१–१३ र २१–१५ मा विजय हासिल गरी क्वाटरफÞाइनलका लागि टप टिम बेल्जियमसँग भिडन्त भयो । पहिलो सेट जितका लागि अगाडि भए पनि अन्तिममा सडन पोइन्ट २२–२० र दोस्रो २१–१७ मा पराजित हुनुपर्यो । जसअनुसार फाइनलमा पुग्ने हाम्रो लक्ष्यमाथि तुषारापात लाग्यो । उपाधि जित्ने आत्मविश्वास टुट्यो । तर पनि सबैले हाम्रो खेलको प्रशंसा गरे । दर्शकहरूको मुखबाट एउटा राम्रो टिम दुर्भाग्यबस बाहिरिनु पर्यो भनी सान्त्वना दिएको सुन्दा खुसी पनि लाग्यो । अनि ‘हामीले हारेर पनि जितेछौं’ मलाई लाग्यो । किनभने कुनै पनि खेलकुद प्रतियोगितामा दर्शकको माया पाउनु ठूलो कुरा हो । खेलप्रेमीका लागि दर्शक भनेका भगवान् समान हुन् ।
खेलबाट बाहिरिनु पर्दाको पीडा र निराशालाई दर्शकको प्रतिक्रियाले थप उत्साहित बनाएको छ । आगामी दिनमा हुने अन्य प्रतियोगितामा एनईएससी उच्च मनोबल र आत्मविश्वासका साथ मैदानमा उत्रिने प्रतिबद्धता पनि जनाउँदछु । १६ टिमको जितहार पोइन्टसको आधारमा हाम्रो टिम एनईएससी नवौं स्थानमा पर्न सफल भयो । यस प्रतिस्पर्धाबाट हाम्रा क्लबका सदस्य खेलाडी साथीहरूले केही नयाँ सिकेका छन् । नयाँ अनुभव ग्रहण गरेका छन् । आगामी दिनमा अगाडि बढ्नका लागि ऊर्जा प्राप्त गरेको मैले महसुस गरेको छु । गर्व छ हामीलाई हाम्रो देश र हाम्रो राम्रो खेलको प्रदर्शन गर्ने मौका पाएकोमा । तर दुःख पनि लागेको छ आफ्नै देश र साथीभाइहरूबाट पनि त्यति सहयोग र हौसला पाउन सकेनौं ।
प्रतिस्पर्धाका क्रममा मैदानभित्र भएको कमीकमजोरीका विषयमा बारम्बार जानकारी दिँदादिँदै पनि त्यति धेरै नेपाली बसोबास गर्ने स्थानबाट प्रोत्साहन, हुटिङ र साथ नपाएको महसुस भयो । मैदानभित्र भएको कमीकमजोरीका कारण हाम्रो टिम एनईएससीमाथि अन्याय भएको थियो । तर दर्शकका रुपमा बाक्लो उपस्थिति जनाएका नेपालीहरूबाट कुनै प्रतिक्रिया आएन । एनईएससी कसरी बाहिरियो भनेर प्रश्न सोध्ने आँट पनि उनीहरूले गरेनन् । उनीहरूको अनुहारमा नेपाल बाहिरिएकोमा कुनै चिन्ता र आक्रोश देखिएन । बरु उल्टै भ्रम सिर्जना गर्नतर्फ केन्द्रित भएको देखियो । तर हामी हतोत्साही विल्कुलै भएका छैनौं । एनईएससीमार्फत नेपाली कला, संस्कृति र खेलकुदको विकास र विस्तारमा निरन्तर लागिरहनेछौं । अझ भलिबलको विकास र प्रवर्द्धनमा सधैं लागिपर्ने छौं ।
(लेखक कार्की नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) को सल्लाहकार हुनुहुन्छ ।)
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।