श्रावण ०२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा गोरु काट्दै गरेको अवस्थामा प्रहरीबाट चार जना स्थानीयहरु प्रकाउ परेका छन् । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी स्थित रमिते भन्ने ठाउँमा आर्ईतबार गोरु काटेर भाग लाउदै गरेको अवस्थामा स्थानीय जलेश्वरीका २६ वर्षीय मोहन तामाङ, २८ वर्षीय हेमकुमार तामाङ, २६ वर्षीय दावा तामाङ र ३२ वर्षका खिमाया तामाङलाई प्रहरीले प्रक्राउ गरेको थाहा भएको छ ।
प्रक्राउ परेकाहरुलाई ऐसेलुखर्क प्रहरीको पहलमा जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनास्थलबाट एकजना भने फरार रहेको बुझिएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
गाउँघरमा पालिएका पशुचौपाय गार्ईगोरु काटेर खान नपार्ईने कानुनी ब्यवस्था छ । यदि कसैले गार्ई गोरु काटेर खाएको, मारेको भन्ने ठहरियो भने प्रचलित कानून बमोजिम ३ बर्षसम्म कैदको सजाय हुन सक्ने ब्यवस्था रहेको प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।
केही वर्षदेखि गाउँघरमा पालिएका पशुचौपाय जिल्लाबाट अवैध रुपमा उदयपुरको पहाडी ईलाका हुँदै तराई र भारत लैजाने गरेको पार्ईएको छ । गौहत्या तथा अवैध निकासी पैठारीलाई नेपालको कानुनले बर्जित गरेको भएपनि जिल्लाबाट पछिल्लो समयमा अत्यधिक रुपमा बाहिर तस्करी भईरहेको बताइन्छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले यस्ता विषयमा नियन्त्रण गर्नका लागि स्थानीय सरकारको पनि सहयोग र समन्वय अपरिहार्य रहेको बताउनुभयो ।
तर आ–आफ्नो परम्परा सँस्कृति अनुसार गोरु काटेको घटनामा नागरिकहरुलाई दण्डित गर्न नहुने भन्दै स्थानीयहरुबाट प्रतिकृयाहरु आउने गरेको पाइन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !