चैत्र ११, २०७९ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
‘यो रेडियो नेपाल हो । अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस ।’ श्रोताको कान कानमा गुञ्जिने यो आवाज जसले त्यो वेला देश विदेशमा घटिरहेका ताजा ताजा घटना-गतिविधिहरु जानकारी गराउदथ्यो । हो, देशमा सञ्चार माध्यमका रुपमा रेडियो नेपाल मात्र सुन्न सकिने ऊ वेला आवाजको दनियामा एउटा लिजेन्ड्री पर्सनका रुपमा मानिने कृष्णा ताम्राकारको मधूर आवाज अब सदाका लागि बन्द भएको छ ।
उहाँका आफन्त नरोत्तम वैद्यका अनुसार ताम्राकारको ८६ वर्षको उमेरमा काठमाडौँको न्यूरो अस्पतालमा विहीवार करिब १० बजे निधन भएको हो । पछिल्लो समयमा कृष्णा ताम्राकार क्यान्सरबाट प्रभावित हुनुहुन्थ्यो । २०१८ साल जेठ २४ गते रेडियो नेपालमा आवद्ध उहाँले २०४९ सालमा रेडियो नेपाल छोड्नु भएको थियो ।
सुरुमा हिन्दी भाषामा समाचार पढ्न छनोट भए पनि पछि ताम्राकारले नेपाली भाषामा समाचार उत्पादन तथा वाचनका साथै कार्यक्रम पनि चलाउनु भएको थियो । चालिसको दशकमा अत्यन्त लोकपृय रसरङ्ग कार्यक्रम सहकर्मी पाण्डव सुनुवारका साथमा चलाएर श्रोताको मन मुटुमा रहन सफल हुनुभएके थियो ।
रेडियो नेपाल छोडेपछि पनि विभिन्न रेडियोमा काम गर्नु भएका उहाँ विशेष गरी नेपाली भाषामा शुद्ध उच्चारण गर्ने रेडियोकर्मीको परिचय बनाउनु भएको थियो ।
केही दिनअघि एक कार्यक्रममा सम्मानित भएपछि ताम्राकारले नेपाली भाषाको संरक्षणका लागि आफूले सकेजतिको योगदान दिएको अनुभव सुनाउनु भएको थियो ।
ताम्राकारले कोरोनाको समयमा प्रभावित र जोखिममा परेका नागरिकलाई सन्देश दिने शृङ्खला “कोरोना क्याप्सुल“ पनि सञ्चालन गर्नु भएको थियो ।
भौतिक रुपमा उहाँँ हामीवीच नरहनु भए पनि आवाजको दुनियामा सदा अमर हुनुहुन्छ , सदा अजर हुनुहुन्छ । यही भनाईका साथ सामुदायिक रेडियो हलेसी एफएम उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान