श्रावण १०, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकास्थित कालिका भगवती तथा मझुवागढी वरपर १५० वटा लालिगुराँसको बिरुवाका साथै अन्य फूलका विरुवाहरु रोपिएका छन् । कालिका भगवती तथा मझुवागढी क्षेत्र वरिपरि फूलै फूलको पहाड बनाउने लक्ष्यका साथ उक्त क्षेत्रलाई प्राकृतिक शौन्दर्यकरण गराउन दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्ठरार्ईको अगुवार्ईमा आज १५० वटा लालिगुराँसका साथ अन्य फूलका विरुवाहरु रोपिएका हुन् ।
गत श्रावण ४ गते फूलको विरुवाहरु सुरक्षित ढंगले रोप्न र हुर्कन सहज वातावरण उपलव्ध गराउन दिक्तेल हाटडाँडादेखि देविथान तथा मझुवागढी जाने सिँढी वरिपरि तीन मिटरको दूरिमा झारपात र ससाना बुट्यानहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हटाएको थियो । सोही स्थानमा आज लाली गुराँसको बिरुवा रोपिएको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्ठराईका स्वकीय सचिब चिरञ्जीवी खतिवडाले जानकारी दिनु भएको हो ।
दिखुवाखोलाको शिर वाताल सामुदायिक जङगलबाट दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले करिब १५० वटा लालिगुँरासको बिरुवा निःशुल्क ल्याइएको थियो, यस कामकालागि सहजिकरणमा सुभाद्रा फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर रार्ई, नेत्रज्योति संघका अध्यक्ष र्ईन्द्र कसजु र बन उपभेक्ता महासघं खोटाङका अध्यक्ष मोहन गुरुङले सहजिकरण गर्नु भएको नगरपालिका श्रोतले जानाएको छ ।
नगरपालिकाले धार्मिक, ऐतिहासिक तथा पर्यटन प्रवद्र्धनका साथै आन्तरिक श्रोत निर्माणको लागि कालिका भगवती तथा मझुवागढी परिसरलार्ई फूलै फूलको पहाड बनाउने लक्ष्यका साथ बृक्षारोपण अभियानलाई निरन्तरता दिइरहेको नगरप्रमुख भट्टराईले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ –‘रोपेको बिरुवा उखेल्नु पाप हो । बिरुवा रोप्नु पूण्य र बिरुवा उखेलेर मार्नु पाप हो । जीवनमा पूण्य कमाउन बिरुवा रोपेर नहुर्कन्जेलसम्म स्याहार गर्नुपर्ने हुन्छ ।योभन्दा ठूलो पूण्य अरु के हुनसक्छ ?’
उहाँ थप्नुहुन्छ–‘ बोट रोपेपछि आफ्नै बच्चा जस्तै हुर्काउनु सक्नु पर्छ । यसरी हुर्काएको बिरुवाले एक व्यक्तिलाई मात्र होइन, समाज र देशलाई फाइदा दिन्छ । त्यसैले बोट रोप्नु र हुर्काउनु पूण्य कार्य हो । ’
प्रकृतिसँग मानव सभ्यताको सम्बन्ध कायम राख्न समेत यो कार्यक्रमलाई विशेष रुपमा लिइने नगर प्रमुख तीर्थराज भट्ठरार्ईको कथन छ ।
वृक्षारोपण कार्यक्रममा नगरपालिकाका तर्फबाट वडा नं. ५ का वडाध्यक्ष दिनेश घिमिरेका साथै लफ्याङका स्थानीय बासिन्दाहरु, सशस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेल खोटाङका प्रमुख प्रनाउ कृष्ण बम, देविस्थान सामुदायिक वन उपभोक्त समूहका पदाधिकारी, सदस्यहरु, नगरप्रमुख तीर्थराज भट्ठराईका स्वकिय सचिब चिरञ्जीवी खतिवडा लगायत स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !