कार्तिक २०, २०८० , Diktelrupakotmajhuwagadi
चौथोपटक सभापतिमा कृष्णप्रसाद आचार्य चयन
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–१ स्थित नेपाल रेडक्रस सोसाइटी दिक्तेल उपशाखा दिक्तेलको १३ औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । पञ्च मा. वि. दिक्तेलको प्राङ्गणमा कात्तिक १७ गतेदेखि १९ गतेसम्म भएको साधारण सभा र अधिवेशनबाट अघिल्लो चार वर्षीय कार्यकालको आर्थिक प्रतिवेदनको समिक्षा र आगामी कार्यकालको नीति तथा कार्यक्रम पारित गर्नुका साथै छैटौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
दिक्तेल उपशाखाका सभापति कृष्ण प्रसाद आचार्यको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दिक्तेलका सभापति ज्ञानेन्द्र जोशीको प्रमुख आतिथ्यतामा गत शुक्रवार १३ औँ साधारण सभा तथा छैटौँ अधिवेशनको उदघाटन सम्पन्न भएको थियो । शनिवार भएको बन्द सत्रबाट अघिल्लो कार्यकालको आर्थिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रममाथि छलफल गर्दै पारित भएको थियो । सोही दिन नयाँ नेतृत्वका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दिक्तेलका मन्त्रि छत्रकुमार बजिमयलाई निर्वाचन अधिकृत तोकी निर्वाचन प्रकृया अगाडि बढाइएको थियो ।
अधिवेशनबाट नेपाल रेडक्रस सोसाइटी दिक्तेल उपशाखाका सभापतिमा कृष्णप्रसाद आचार्य पुनः चयन हुनुभएको जनाइएको छ । यो पटक समेत आचार्य चौथो पटक उपशाखा दिक्तेलको सभापतिमा चयन हुनुभएको हो । उपसभापतिमा रेडक्रसको विधान अनुसार महिलालाई निर्वाचित गर्नुपर्नेमा हाल उपसभापति चयन हुन बाँकी रहेको नवनिर्वाचित सभापति आचार्यले बताउनुभयो ।
छैटौँ अधिवेशनबाट सचिवमा भवानी आचार्य, सहसचिवमा रोहितकुमार सैँजु, कोषाध्यक्षमा हिरालाल रिजाल, सहकोषाध्यक्षमा अजय बस्नेत चयन हुनुभएको थाहा भएको छ ।
यसैगरी सदस्यहरुमा डिल्लिकुमारी आचार्य, रविलाल आचार्य, दधिकुमार श्रेष्ठ, यज्ञबहादुर बस्नेत र हरिप्रसाद आचार्य चयन हुनुभएको सभापति आचार्यले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
आइतवार नयाँ नेतृत्वको घोषणा तथा शपथ गराउँदै साधारण सभा तथा अधिवेशन समापन भएको थियो । विगतमा चार वर्षीय समयावधि रहेकोमा अब दुई वर्षीय कार्यकाल रहने सभापति आचार्यले बताउनुभयो ।
साधारणसभा तथा अधिवेशनका केही तस्विरहरु
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।