भदौ ०८, २०८० , Nepal
हलेसीन्युजडेस्क, खोटाङ /
आज दिनभरी देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भैरहेछ । कोशी, मधेश, बागमती, गण्डकी , लुम्विनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा जारीे छ । काठमाण्डौँ उपत्यकामा पनि केही समयको अन्तरमा दिनभरी नै हल्का तथा मध्यम वर्षा जारी रह्यो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको कारण देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
निरन्तरको वर्षादले सडकका विभिन्न भागहरुमा पहिरो झरी याातायात अवरुद्ध बनेको छ भने कतिपय पहाडी भूभागहरुमा पहिरोका कारण वस्ति जोखिममा परेको समाचारहरु प्राप्त भैरहेका छन् ।
यता खोटाङका विभिन्न स्थानमा निरन्तर परेको वर्षादका कारण वस्तिका घरहरु जोखिममा परेको समाचार प्राप्त भएको छ । हलेसीतुवाचुङ नगरपालिका वडा नं.७ महादेवस्थानमा ५ घरहरु पहिरोको खतरामा परेको छ । महादेवस्थानका स्थानीय कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर केसी, कमानसिं रार्ई, केशव परियार र दिपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घर माथिबाट आएको पहिरोको कारण उच्च जोखिममा परेको स्थानीय सञ्चारकर्मी टिवन राईले जनाउनुभएको छ । त्यसैगरी वधशालाको चेकवाल पूर्णरुपमा भत्किएको छ ।
पहिरोका कारण घर जोखिममा परेपछि नगरपालिकाबाट त्रिपाल लगायतका सामग्री लगेर पानी तर्काउने कोशिस गरिएको छ ।
यसैगरी मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो धस्किएर सडक अवरुद्ध बनेको समाचारहरु प्राप्त भैरहेकाछन् । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा सडक जाम हुन पुगेको जनाइएको छ । सडक पुरिदा यातायात अबरुद्ध भएपछि कैयौँ यात्रीहरु अलपत्र बन्नपुगेका थिए ।
स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ मञ्जिल मुकारुङले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गकोे बीचमा पर्ने भँडारे खोला, सोखु खोला लगायतका अन्य ठाउँहरुमा पनि साना ठूला पहिरो धस्किएर यात्रा कष्टकर बन्न पुगेको थाहा भएको छ ।
यस्तै, केपिलासगढी गाउँपालिकाको खार्तम्छा र फेदी जोड्ने सडकमा पहिरो खस्दा यातातात बन्द भएको छ । त्यही सडक भएर पारिपट्टी रहेको कुहुँडाँडा मावि जाने विद्यार्थीलाई सडक बन्द भएपछि वारीपट्टी रहेको शुक्रजित माविमा पढ्ने वातावरण मिलाइएको थियो ।
दुधकोशीमा जलसतह सतर्कता पार, सजग रहन आग्रह
निरन्तरको वर्षादका कारण दुधकोशी र सुनकोशीको तटीय क्षेत्रमा स्थानीयलाई सजगता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । शुक्रवार विहान ३.३० वजे दुधकोशी नदी रभुवावजार वाढीमापन केन्द्र ओखलढुङ्गामा जलसतह सतर्कता पार गरेको कारण सो आसपासका नागरिकहरुलाई सजगता अपनाउन विभागले आग्रह गरेको हो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !