जेठ २५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा लैङ्गिक हिंसा तथा मानव बेचविखान विरुद्धको सचेतनामूलक अभियान अन्तर्गत अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङद्धारा प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काको अध्यक्षता तथा संविधान सभा सदस्य दुर्गाजयन्ती रार्ईको प्रमुख आतिथ्यतामा आज (जेष्ठ २५) जिल्ला समन्वय समितिको सभाहलमा अन्तरकृयात्मक कार्यक्रमको आयोजना भएको हो ।
समुदाय प्रहरी साझेदारी तथा सुरक्षा सुनिश्चितता अभियान–२०८१ अन्तर्गत जिल्लाका विभिन्न स्थानहरुमा लैङ्गिक हिंसा तथा मानव अधिकार वेचविखन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आएको प्रहरी कार्यालयले जनाएको छ ।
लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरक, मानसिक वा यौनजन्य क्षति वा पीडा पु¥याउने कार्यहरूलाई जनाउछ । लिङ्गको आधारमा हुने कुनैपनि प्रकारको अपमानजनक, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रूपमा महिला, पुरुष वा तेश्रो लिङ्गीलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कार्य लैङ्गिक हिंसा अन्तर्गत पर्दछन् ।
यस्ता कार्यबाट कोही पीडित भएमा पीडितले नजिकको प्रहरी कार्यालय वा स्थानीय तहमा उजूरी गर्न प्रहरीले अग्रह गरेको छ । आर्थिक बर्ष २०८०/८१ मा २१ जना महिला जर्बरजस्ति करणीबाट पीडित बनेको र ७ जना महिला जर्बजस्ति करणी उध्योगबाट पीडित बन्न पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्याङकले देखाएको छ ।
घरेलु हिंसासम्बन्धी उजुरी प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय निकाय अथवा सिधै अदालतमा पनि दिन सकिने राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख गीता कुमारी दाहालले अन्तरकृया कार्यक्रममा बताउनु भयो । उहाँले भन्नुभयो–‘घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले मौखिक र लिखित दुवै प्रक्रियाबाट उजुरी दिन सक्नेछन् । तर घरेलु हिंसाको कसुर भए गरेको मितिले ९० दिनभित्र उजुरी दिनुपर्दछ ।’
लैङ्गिक हिंसा तथा मानव बेचविखान विरुद्धको सचेतनामूलक अभियान अन्तर्गत भएको अन्तरकृयात्मक कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ई, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला रार्ई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख गीता कुमारी दाहाल, राष्ट्रिय अनुसन्धान अधिकृत नित्यानन्द ढुंगाना, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, खोटाङ उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नगरका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !