असार ०८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बादर आतंक नियन्त्रण गर्नका लागि बादर धपाउने यन्त्र झिकाएकोे छ । किसानहरुले बारीमा लगाएका बालिनाली तथा अन्न पातहरुलार्ई बाँदरले सखाप बनाएपछि हैरान भएका किसानहरुको मर्कालाई ध्यानमा राखि बादर धपाउन बन्दुकजस्तै आवाजमा पड्किने यन्त्र खरिद गरिएको गाउँपालिका अध्यक्ष अरुणादेवी रार्ईले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार जन्तेढुङ्गा गाउँपालिकाका किसानहरु हरेक वर्ष वाँदरको ज्यादती बाट आतंकित भएका छन् । खेतवारीमा लगाएका अन्नवाली र घरघुर्यानमा फलेका फलफूल सागपात समेत बाँदरले विनास गरिदिदा किसानहरुले प्रत्येक वर्ष ठूलो क्षति व्यहोर्दै आएका छन् ।
वर्षेनी किसानहरुले भोग्दै आएको वाँदर आतंक नियन्त्रण गर्न यो वर्ष गाउँपालिकाले राष्ट्रिय आबिष्कार केन्द्रबाट ६० वटा बन्दुक खरिद गरेर शुक्रवार गाउँपालिका कार्यालयमा ल्याउँदा किसानहरु खुशी भएको उपाध्यक्ष खेमबहादुर खड्का बताउनुहुन्छ ।
बाँदर धपाउने यन्त्र भोलि शनिवार किसानहरुलार्ई निःशुल्क बितरण गरिने उपाध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जन्तेढुङ गाउँपालिका भित्र हाल कायम रहेको ६ वडाहरुमा प्रत्येक वडाका साविक ९/९ वडाहरुलाई सबैले उपयोग गर्ने गरी १/१ वटा बाँदर नियन्त्रण यन्त्र उपलव्ध गराइने छ ।
बन्दुक जस्तो आवाज दिने भए पनि यसलाई बन्दुकको नामबाट नबुझ्न र यसको विशेष नाम राखि नसकिएको हुँदा वादर धपाउने यन्त्र भनेर बुझिदिन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हलेसी एफएमका सुनिल श्रेष्ठलाई भन्नुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।